महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले कञ्चनपुरका २ सय ४६ वटा उजुरी माथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्चिममा विभिन्न उजुरी माथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो ।
आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथा अनियमित सम्बन्धी एक हजार ६९६ उजुरी परेको बताए । उनका अनुसार त्यसमा ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएकाहुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन् ।
आयोगको महेन्द्रनगर स्थित कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम डडेलधुराका ११० उजुरी परेका छन् ।
त्यस्तै दर्ता भएका उजुरीमा कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, अछामका २१०, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी रहेको कार्यालयको तथ्याङ्क छ । आयोगमा परेका उजुरी मध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टको भनाइ छ ।
त्यस्तै गरी अछाम र बैतडीका १३÷१३ उजुरी माथि विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान छ÷छ वटा उजुरी उपर विस्तृत अनुसन्धान चलिरहेको आयोगले जनाएको छ ।
त्यस्तै कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरी माथि पनि विस्तृत अनुसन्धान हुँदैछ । विस्तृत अनुसन्धान पछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ ।
आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकराबका कारण पनि आउने गरेको आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धान बाटै फछ्र्योट गर्ने गरेको छ ।
आयोगले गत आवमा दर्ता भएका उजुरी मध्ये एक हजार २३४ उजुरी फछ्र्योट गरिएको छ । स्क्रिनिङ्गबाट ४८१, प्रारम्भिक छानबिनबाट ७५३ उजुरी फछ्र्योट गरिएको आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ ।
साथै आयोगले ७३५ उजुरी तामेलिमा पठाएको छ भने दुई उजुरी सुझाव सहित तामेली, २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखि पठाएको र १७२ उजुरी अन्यमा गाभिएको छन् ।
Comments are closed.