महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी तथा प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रिकालीन व्यवसाय सञ्चालनको माग तीव्र हुँदै गएको छ।
स्थानीय होटेल तथा पर्यटन व्यवसायीहरूले आर्थिक मन्दीको अवस्था र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै कम्तीमा राति १२ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति दिन प्रशासनसँग आग्रह गरेका छन्।
हाल धनगढीमा अधिकांश होटेल तथा रेस्टुरेन्टहरूलाई बेलुकी १० बजेसम्म मात्र सञ्चालनको अनुमति छ भने केही डान्स बारहरूलाई राति १२ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ।
यद्यपि, होटेल व्यवसायीहरू यो समय सीमा पर्याप्त नभएको बताउँदै आएका छन्। उनीहरूका अनुसार अहिलेको समय सीमा व्यवसाय सञ्चालनका लागि अपर्याप्त मात्र नभई पर्यटक र ग्राहकलाई सेवा दिनसमेत कठिनाइ हुने खालको छ।
होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले प्रशासनसँग लामो समयदेखि व्यवसायलाई पूर्णकालीन, अर्थात् २४ घण्टा सञ्चालनको अनुमति दिन आग्रह गर्दै आएको बताए।
Comments are closed.