भीमदत्त १ का अध्यक्ष कुवँरलाई जब एकजना अशक्त विरामीले उनकै फोन नम्वर देखाएर सोधे यो नम्वर वाला कहाँ छन ?

महेन्द्रनगर । भीमदत्त नगरपालिका १ का अध्यक्ष आषेफ कुवँर (भुन्टु) लाई एकजना अशक्त विरामी भएका व्यक्तीले उनको फोन नम्वर देखाउँदै यो नम्वर वाला को हो ? भनेर प्रश्न गरे, ति विरामीको नाम दल बहादुर सुनार हो उनको आफन्त कोही छैन न त उनको ठेगाना नै छ, भारतमा काम गर्दा ढुंगाले उनको ढाडमा चोट लागेको रहेछ, उनको शरिरको मेरुदण्डमा चोट छ खुट्टामा समस्या छ र हाइड्रसिलबाट पनि ग्रसित छन् ।

अहिले उनी शब्जीमण्डीमा खुल्ला आकाशमा बस्छन कसैले उनलाई अध्यक्ष कुवँरको फोन नम्वर एउटा कागजमा लेखेर दिएका रहेछन र भनेका रहेछन तपाईको उपचार उहाँले गर्नु हुन्छ उहाँले सहयोग गर्नु हुन्छ, अनि ति विरामी अशक्त व्यक्तीले सबैलाई नम्वर देखाउँदै सोध्न थाले र एकदिन उनको भेट भएछ अध्यक्ष कुवँर संग कुवरलाई उनले नम्वर देखाउँदै सोधे यो नम्वर वाला कहाँ छन भनेर अनि अध्यक्ष कुवँरले भन्नु भयो म नै हो, अनि सबै समस्या बेली विस्तार लगाए पछि अध्यक्ष कुवँरले ती विरामी पिडित अशक्त सुनारको उपचार गर्नुभएको छ ।

उनको अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ । आर्थिक अवस्था पनि कमजोर रहेको सुनारलाई सबैले मिलेर सहयोग गरौ र नयाँ जिवन बाच्ने आधार तयार गरौ सबैले हातेमालो गरौ ।

सम्बन्धित

Comments are closed.