लागूऔषध प्रयोगकर्ताहरुलाई फौजदारी मुद्दा÷दण्डका विकल्पहरु बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषध प्रयोगकर्ताहरुलाई फौजदारी मुद्दा÷दण्डका विकल्पहरु बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।रिकभरिङ्ग नेपालको आयोजना भएको उक्त कार्यक्रममा लागूऔषध प्रयोग (दुव्र्यसन) के हो ? नेपालमा लागूऔषध प्रयोगकर्ताहरुको वर्तमान अवस्था, नेपालको लागूऔषध (नियन्त्रण) ऐन, २०३३ ले के–कस्तो व्यवस्थाहरु गरेको छ ? भन्ने विषयमा छलफल गरिएको छ ।

यसैगरी नेपालमा फौजदारी मुद्दा वा दण्ड दिनुको विकल्पहरु (प्रभावकारी रणनीतिहरु) फौजदारी न्याय प्रणालीको अभिकर्ताहरुको भूमिकाहरुमा पनि छलफल गरीको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, जिल्ला सरकारी वकीलको कार्यालयका सह न्यायधिबक्ता, जिल्ला बार एसोसिएसनका अध्यक्ष नरेन्द्र बहादुर सिंह, कंचनपुर जिल्ला बार एसोसिएसनका पूर्व अध्यक्ष कृष्ण देव जोशीको सहभागिता रहेको थियो ।
यसैगरी, अधिवक्ता धर्मानन्द जोशी, गन्तव्य नेपालबाट गोकर्ण देव अवस्थी, क्षति न्यूनीकरण कार्यक्रमबाट लोकेन्द्र सिंह धामी, रिकभरिङ्ग नेपाल सुदुर पश्चिमका अध्यक्ष समिर मल्ल र सुदुरपश्चिमका फोकल पर्सन शत्रुजित राज जोशी रहेका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले विगतका दिन भन्दा अहिले लागुऔषध दुव्र्यशनीको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । यो कुलतालाई समुदायबाट जरो उखेलेर फाल्नु पर्ने सबैले हातेमालो गरेर यसको निवारण खोज्नु पर्ने बताउनु भयो ।
समाजमा यसलाई सबैले मिलेर अभियानको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनु भयो । साथै लागु औषध प्रयोगकर्तालाई उपचारका लागि प्रोत्सान गर्नुपर्ने र अवैध लागुऔषध बेचबिखन गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्ने बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी निरिक्षक वाशुदेव अवस्थीले लागु औषध सम्बन्धी दैनिक २ देखी ३ जना लागु औषध प्रयोगकर्ताहरु र व्यापारी पनि पक्राउ पर्ने गरेको जानकारी गराउनु भयो ।
अन्तरक्रियाको सहजीकरण रिकभरिङ्ग नेपालका प्रतिनिधि नवराज पाण्डेयले गर्नु भएको थियो ।
Comments are closed.