महेन्द्रनगर । कञ्चनपुरमा रहेको पावर अफ युथले हरेक शनिवार सरसफाई गर्दै आईरहेको छ । अब उक्त समुहले सरसफाई संगै डस्टविन पनि वितरण गर्ने भएको छ ।
महेन्द्रनगरलाइ सरसफाई राख्ने अभियान संचालन गरेको यो समुहले भोली भाद्र १४ गते शनिवार भीमदत्त नगरपालिकाबाट सरसफाई गर्ने भएको छ । नगरलाई सफा र हरियो बनाउने अभियानमा सबैले हातेमालो गर्न आग्रह गरेको छ ।
कृष्ण जन्माष्टमीको अवसरमा गरिएको ह्याण्डीफुड कार्यक्रम सफल भएपछि सुरु गरिएको यो अभियान हरेक शनिबार सञ्चालन हुँदै आएको छ।
अहिलेसम्म छ पटक सफा–सफाइ कार्यक्रम सम्पन्न भइसकेको छ भने सातौँ पटक डिस्पोजेबल सामग्री व्यवस्थापन गर्ने उद्देश्यसहित सहरका विभिन्न स्थानमा डस्टबिन राख्ने कार्यक्रम आयोजना गरिएको युवा व्यवसायी समेत रहेका हेमराज भट्टले जानकारी दिए।
अभियानमा संलग्न युवाहरूका अनुसार, दैनिक व्यस्तताले गर्दा कतिपय युवा सामाजिक काममा जोडिन नसके पनि शनिबार छुट्टै समय छुट्याएर सहर सफा गर्ने कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन्।
आगामी दिनमा निरन्तर महेन्द्रनगर सफा–सफाइ गर्ने, हरियाली अभिवृद्धि गर्ने र वातावरणमैत्री सहर बनाउन थप कार्यक्रम अघि बढाउने योजना रहेको पावर अफ युथ समूहले जनाएको छ।
यस्तै सफाई लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम र दुर्व्यसनीमुक्त समाज निर्माणका लागि पनि सो समूहले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ।
Comments are closed.