समाजसेवी मल्लद्वारा बुवाको २३औं पुण्य तिथीमा ८२ हजार बढीको सहयोग

डडेल्धुरा । अहिले डडेल्धुरामा समाजसेवी विनय प्रकाश मल्लले निस्वार्थ रुपमा समाजसेवा एक्लैले गरेको स्थानियहरुले बताउँदै आएका छन् । डडेल्धुरामा आशा र भरोशाका केन्द्र विन्दुको रुपमा रहेका समाजसेवी विनय प्रकाश मल्लले दिनदुखी, गरिव, दलित, एकल महिला, जेष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, धार्मीक कार्य, लगायतमा मात्रै नभएर आफनो कला रहनसहन संस्कृतीको जेगर्ना गर्न सहयोग गर्दै आइृरहनु भएको छ ।

घाउमा जसरी औषधी र मलहमले राहत महसुस गराँउछ, त्यसरी नै समाजसेवी मल्लले दिनदुखी गरिब, विपन्नको क्षेत्रमा उनिहरुको दुखमा मलहम लगाएर उनिहरुलाई राहत महसुस गराई रहनु भएको तपाई हामीलाई अवगत नै छ । अहिले फेरी आफनो बुवा स्वः खडकबहादुर मल्लको २३औ पुण्य तिथीको अवसरमा डडेल्धुराका विभिन्न क्षेत्रमा ८२ हजार रुपैँया बराबरको आर्थिक सहयोग गर्नु भएको छ ।

बुवाको आत्माको चीर शान्तीको कामना गर्दै बिद्यालय ,आमा समुह तथा क्लबहरुलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । डडेल्धुराको अजयमेरु ५ दिब्बेपुर पिल्कोटमा रहेको श्री देवल माबीमा अध्ययनरत गरीब ,बिपन्न ,शारीरीक रुपमा अशक्त तथा बुवा आमा गुमाएका बिद्यार्थीहरुलाई ४० हजार रुपैँया बराबरको शैक्षीक सामग्री बितरण गर्नु भएको छ ।

यसैगरी, अमरगढी नगरपालिका ३ मा रहेको श्री असीग्राम आमा समुहलाई विषेश कार्यका लागी १५ हजार रुपैँया नगद सहयोग गरीएको छ । आफ्नो एफ एम अमरगढी–५ ,डडेल्धुरा मार्फत विपन्न गरीब ५ परिवारलाई खाद्यान्न बितरण गर्न १७ हजार सहयोग गरीएको छ ।

यसैगरी परशुराम नगरपालिका ७ लामीगडामा रहेको प्रगतिशील युवा क्लबलाई विषेश कार्यका लागी १० हजार नगद सहयोग भएको छ । स्थानिय शिक्षक कृष्ण प्रशाद शर्माले अहिले डडेल्धुरामा समाजसेवी विनय प्रकाश मल्लले सामाजिक क्षेत्रमा अतुलनिय कार्य गरेको बताउनु भयो ।

अन्य धेरे व्यक्तीहरु विभिन्न देशमा गएर काम गरीरहेको भएपनि यसरी आफनो जन्म थलोको लागि विनयले मात्रै सामाजिक क्षेत्रमा गरीव, विपन्नहरुलाई सहयोग गरेको प्रती सम्मान रहेको बताउनु भयो । समाजवी मल्लको जस्तो सोच विचार मन सबैको हुनु पर्ने बताउनु भयो ।

यसैगरी, अजयमेरु ४ की स्थानिय भावना विष्टले समाजसेवी मल्लले गरेको सहयोगले कतिपय गरिव विपन्न विधार्थीहरुले पढन पाएको कतिपयले उपचार पाएको, खान पाएको, बताउनु भयो ।

सुखमा जो पनि साथमा हुन्छ तर महान त्यही मान्छे हुन्छ जस्ले दुखमा साथ दिन्छ र त्यो महान व्यक्ती भनेका विनय प्रकाश मल्ल रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.