महेन्द्रनगर । कञ्चनपुरमा रहेको गैरसरकारी संस्था निड्स नेपालले दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराएको छ् ।
लगातार वर्षा र जगबुडा नदीमा आएको बाढीको कारण बिस्तापित तथा समस्यामा परेकाहरुलाई निड्स नेपाल कञ्चनपुरले खाद्य तथा गैरखाद्य सामग्री सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।
गएराती दोधारा चाँदनी नगरपालिकामा पुगेर निड्स नेपाल कञ्चपुरको टोलीले दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु र दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख अमृत विकलाई ३० बोरा चामल, ९० केजी दाल, ३० केजी स्वयाविन, ३० प्योकट नुन,
३० केजी चिनी, ६० लिटर खाने तेल, ६० प्याकेट चिउरा, १ सय ५० प्याकेट भुजा, १ सय ५० प्याकेट चाउचाउ, ६० थान त्रिपाल, २० थान मेट हस्तान्तरण गरिएको निड्स नेपाल स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।
दोधारा चाँदनी नगरपालिका कार्यालयले सहयोगको आह्वान गरेको प्रेस बिज्ञप्तीको आधारमा बाढीपिडितहरुलाई सहयोग गरिएको उहाँले बताउनुभएको छ् ।
Comments are closed.