नशामुक्ति अभियानका अभियन्ता डा. पीताम्बर अवस्थीको जन्मदिनलाई नशामुक्ती दिवस मनाउने

पिथौरागढ भारत । ज्ञानप्रकाश संस्कृत पुस्तकालय समिती, योगेश्वर श्रीकृष्ण मन्दिर ट्रष्ट, पिथौरागढ, उत्तराखण्ड, भारतका जेष्ठ नागरिकहरू , साहिहित्यकारहरू र सामाजिक सेवी अभियन्ताहरूले लामो समयदेखि भारत र नेपालमा नशामुक्ति र चेलीबेटी बचाऊ ,चेलीबेटी पढाऊ अभियान चलाइरहेका डाक्टर पीताम्बर अवस्थीको जन्मदिन भव्य रूपमा मनाएका छन् ।
अब उपरान्त हरेक बर्ष उनको जन्मदिनलाई नशामुक्ति दिवसका रूपमा मनाइन्र योगेश्वर श्रीकृष्ण मन्दिर ट्रष्टका प्रधान पुजारी मञ्जुला अवस्थीले भनिन् । डा। पीताम्बर अवस्थीको पुस्तक नशे पर प्रहारको विमोचन पनि उनको जन्मदिनको अवसरमा गरिएको छ ।

सो पुस्तकले समाजमा धमिरा झै लागेको कुलत, नशा र दुर्व्यसनलाई समाजबाट समाप्त गर्न कोशे ढंगाको काम गर्ने भनेका छन् । यो पुस्तकमा उनले विगत बाईस बर्षमा नशामुक्तिका लागि गरेका कार्य र अभियानको अनुभव लिपीबद्ध गरिको डा। अवस्थीले भने ।

यो अवसरमा वक्ताहरूले भने कि डा. अवस्थी एक सच्चा समाजसेवीको रूपमा कुलत र दुर्व्यसन विरुद्ध मानिसहरूलाई जागरुक बनाइ रहेका छन् । उनले दुइलाख भन्दा अधिक व्यक्तिहरूलाई नशा दुर्व्यसन गर्ने छैनौं भनी संकल्प पत्र भराइ सकेका छन् ।

डा. अवस्थीले नशा विरुद्ध जिन्दगी जरुरी हैु जस्तो पुस्तक पनि यस अघि लेखिसकेका छन् । उत्तराखण्डका वरिष्ठ पत्रकार दिनेश पन्तले भने( जोकोही नशाको समस्याले ग्रस्त छ या प्रभावित छ उसले यो पुस्तक पढ्न जरुरी छ ।

अल इन्डिया सिनियर सिटिजन वेलफेयर सोसाइटीका अध्यक्ष दयानंद भट्टले यो पुस्तक नशाखोरीबाट पीडित व्यक्तिहरूको लागि अत्यन्त लाभदायक छ , भने , शिक्षाविद गिरधर सिंह बिष्टले डा। अवस्थीको प्रयासको सराहना गर्दै अवस्थीको लेखन जनसरोकारसँग जोडिएको बताए ।

उनले समाजको हरेक समस्याको बारेमा पुस्तक लेखेको पनि भने । बाल साहित्यकार ललित शौर्यले यो पुस्तक बालबालिकाहरूको लागि धेरै उपयोगी भएको भन्दै यो पुस्तकलाई प्रत्येक विद्यालय र शैक्षिक संस्थाहरूमा पढाउन आवश्यक रहेको पनि बताए ।

डा. नीरज चन्द्र जोशीले अवस्थीको अभियानबाट प्रेरित भएर भारत र नेपालमा कैयौ व्यक्तिले नशा छोडी संयमित र आदर्श जीवन व्यतित गरिरहेको बताए । जोशीले यो पुस्तक पढेपछी विद्यार्थीहरू नशा नगर्न प्रेरित हुने पनि भने ।

डा। अवस्थीको जन्मदिन तथा पुस्तक विमोचन समारोहमा लक्ष्मी दत्त तिवारी, मञ्जुला अवस्थी, जी बी उपाध्याय, के एस भाटिया, इंजीनीयर एलपी जोशी, भगीरथ अवस्थी, रेखा जोशी, लक्ष्मी आर्या, आशा सौन, डा।नीरज चन्द्र जोशी, लक्ष्मी दत्त शर्मा, उमा पाटनी अवनि, काजल नेगी, डा. तारा सिंह, चन्द्रशेखर जोशी, हरि प्रसाद, जयमाला देवलाल, धरम सिंह बोनाल, महेश बराल आदि उपस्थित थे । कार्यक्रम संचालन डाक्टर प्रमोद कुमार श्रोत्रियले गरेका थिए ।

सम्बन्धित

Comments are closed.