भीमदत्त १८ द्वारा विभिन्न क्षेत्रमा ५ वटा सिसिटिभी क्यामेरा जडान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले विभिन्न क्षेत्रमा ५ वटा सिसिटिभी क्यामेरा जडान गरीएको छ । वडाको बढी भिडभाड हुने क्षेत्रहरु, प्रमुख चोकहरुमा सिसिटिभी जडान गरीएको हो । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका लागि विभिन्न सुरक्षा प्रविधि तथा विद्युतीय उपकरणहरु प्रयोगमा आइरहेका बेलामा वडाले पनि आफनो क्षेत्रमा सुरक्षाका लागि सिसिटिभी जडान गरेको छ ।

अहिलेको समयमा सार्वजनिक स्थान, राजमार्ग, सार्वजनिक निकाय, व्यापारिक तथा व्यवसायिक केन्द्र मात्र नभएर, निजी व्यवसायदेखि आवास क्षेत्रमा समेत सीसीटीभीको विस्तार भएको छ । वडाले अहिले पुष्पलालचोक, मामाभान्जा चोक, वडा कार्यालय नजिक, आँखा अस्पताल जाने चोक, र विश्व विद्यालय केन्द्रिय कार्यालय नजिकको चोकम सिसिटिभी जडान गरीएको वडा अध्यक्ष रविन्द्रप्रशाद देवकोटाले जानकारी दिनुभयो ।

विषेश गरेर आम जनताहरुलाइ शान्ति सुरक्षा कायम गराउन, र दुर्घटना न्यूनीकरणको लागि अहिले मुख्य सडक र बजारमा ५ वटा सिसिटिभी क्यामेरा जडान गरीएको उहाँले बताउनु भयो ।अहिले धेरै विभिन्न घटनाहरु घटने र दोषी पत्ता लगाउन अनुसन्धान, दोषी पहिचान र घटनाको कारण पत्ता लगाउन पनि यसले सहयोग हुने र आपराधिक घटना पनि कम हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

जडान गरिएका क्यामेराबाट आफनो वडाका केही क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने र महिला दिदिबहिनी हरुलाई रातीको समयमा हिँडडुल गर्न सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रविधिको तीव्र विकाससँगै सुरक्षा चुनौती पनि थपिँदै गएको उल्लेख गर्दै, त्यसलाई सम्बोधन गर्न प्रविधिको प्रयोग अपरिहार्य भएको धारणा राख्नुभयो ।

यी प्रविधिले वडामा रहेका प्रमुख चोक गल्लीमा हुने आपराधिक गतिविधिको निगरानी, छिटो पहिचान र कारबाहीमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा गरिएको वडा अध्यक्ष्ँ देवकोटाले बताउनुभयो ।

भीमदत्त नगरपालिका १८ सालघारीका अनिल उरावले वडाले सिसिटिभी जडान गरेपछि चोरीका घटनामा कमी हुने बताउनु भयो ।

उक्त क्षेत्रमा चोरीका घटनाहरु दिनप्रतिदिन बढदै जाने भएकाले निगरानी गर्ने सिसिटिभी भएपछि अब यस्ता खालका अपराधिक क्रियाकलापमा कमी हुने बताउनु भयो ।

साथै उहाँले वडा कार्यालयलाई पनि धन्यवाद व्यक्त गर्नु भयो । यसैगरी, मामाभान्जा चोककी हिरा रोका मगरले सिसिटिभी जडान भएपछि महिला दिदिबहिनीहरुलाई पनि सुरक्षित महसुस भएको बताउनु भयो ।

अबेर राती हिँडडुल गर्दा पनि पहिले डर लाग्ने गरेको भएपनि अब निर्धक्क हिँडडुल गर्न सकिने बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.