महेन्द्रनगर । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ ।
सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।
Comments are closed.