महेन्द्रनगर । जेनजीहरूको प्रदर्शनका क्रममा सुदूरपश्चिमका युवाहरु पनि घाइते भएका छन् । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।
उक्त आन्दोलनमा सुदूरपश्चिमका ६ जना युवा घाईते भएका हुन् । घाईते हुनेमा कञ्चनपुरका वर्ष २१ क्चा जान्ती सिंह ठकुरी, कैलालीका वर्ष १९ का सौरब कठायत, वर्ष २७ का प्रकाश धामी, डडेल्धुराका वर्ष२२ का मुकेश अवश्थी, अछामका वर्ष २५ का राजेश साउद, बझाङका वर्ष १७ का अभिषेक भण्डारी रहेका छन् ।
जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।
सो क्रममा १५ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् ।
अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।
‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।
Comments are closed.