महेन्द्रनगर । काठमाण्डूसहित देशभरि आगजनी र तोडफोडका घटनाहरू भएपछि शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी लिएको नेपाली सेनाले बिहीवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू तथा निशेषाज्ञाको आदेश जारी गरेको छ।
सेनाले हाल देशभरि लागु गरिएको निषेधाज्ञा बुधवार बेलुकी ५ बजेसम्म जारी रहने र त्यसपछि बिहीवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी रहने जनाएको छ।
जेन जी युवाहरूको प्रदर्शनमा घातक बल प्रयोग भएपछि आन्दोलन चर्किँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार राजीनामा दिए।
तर प्रदर्शनकारीहरूले काठमाण्डू उपत्यकामा विभिन्न सरकारी कार्यालय र संवैधानिक निकायका मुख्यालयहरूमा आक्रमण र आगजनी गरे। अन्य जिल्लामा पनि सरकारी भवन र राजनीतिक दलका कार्यालयहरू उनीहरूको निसानामा परे।
सैनिक प्रवक्ताले परिस्थितिलाई सामान्यीकरणू गर्ने प्रयासमा सेना जुटेको बताए। मुख्य गरी परिस्थितिको फाइदा उठाएर लुटपाट गर्ने, आगजनी गर्ने र विभिन्न घटनाहरू घटाउने तत्त्वहरूलाई हामी नियन्त्रणमा लिने क्रममा छौँ, सैनिक प्रवक्ता राजाराम बस्नेतले भने।
Comments are closed.