कञ्चनपुर कारागार कैदी ः ६० जना कैदी फर्किए, १० जना भारतिय पनि

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट बाहिरिएका ६० जना कारागारमा फर्किएका छन् । केही आफै फर्किएका छन भने, केहीलाई भारतिय एसएसबीले पनि पक्राउ गरेर सेनालाई बुझाएका छन् ।

जम्मा ४ सय ७८ जना कैदीबन्दी कारागारमा रहेका थिए । जसभमध्ये २१ जना भागेका थिएन भने, अन्य सबै भागेर गएका थिए ।

कञ्चनपुर कारागारका अनुसार २८ जना भारतिय कैदीहरु प्नि आफनो कैद भुक्तान गरीरहेका मध्ये १० जना कारागारमा आएको र अन्य १८ जना सम्पर्क विहिन रहेको जनाएका छन् ।

भारततर्फ भागेका कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । ७ जना कैदीबन्दीलाई चाँदनी नाकाबाट एसएसबीले नियन्त्रणमा लिएर सेनालाई बुझाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कञ्चनपुर कारागारबाटै भागेका अर्का एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

सम्बन्धित

Comments are closed.