भ्रामक तथा मिथ्या सूचनाको बाढी, यसरी पहिचान गर्नु होस सही सुचना

महेन्द्रनगर । जेनजी आन्दोलनसँग सम्बन्धित थुप्रै भ्रामक तथा मिथ्या सूचना सामाजिक सञ्जालमा फैलिएका छन् र ती सबै गलत छन्। धेरै मिडियाले भ्रामक सूचनाको आधारमा समाचार बनाएका छन् र यसले जनमानसमा भ्रम सिर्जना गरेको छ। सञ्चार माध्यम र व्यक्तिले आधिकारिक स्रोतमा मात्र भरोसा गर्न र तथ्य जाँच गर्ने बानी बसाल्न सुझाव दिइएको छ।

जेनजी आन्दोलन सुरु भएयता सञ्जालमा थुप्रै गलत सूचनाहरू भाइरल भए
(सोमबार संघीय संसद् भवनमा प्रदर्शनमा गएर बेपत्ता भएका ३२ जनाको शव भेटियो ।
(काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त भए र उनले प्रधानसेनापति अशोक सिग्देललाई भेटे ।
(‘हामी नेपाल’का टोलीले पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणालाई भेटे ।
(जेनजी प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको श्रीमतीलाई आगो लगाउँदा मृत्यु भयो ।
(नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा जेनजी प्रदर्शनकारीबाट कुटिए ।
(पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश छाडेर भागे ।
(राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा दिए ।
(अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रदर्शनकारीबाट कुटिए ।
(ग्लोबल कलेज नजिकैका छात्रावासमा गुन्डा छिरेरअनैतिक हर्कत गरे ।
धेरैले यो कुरालाई पत्याए पनि तर सबै भ्रामक थिए, मिथ्या सूचना थिए । कतिपय मिडियाले त यी भ्रामक सूचनाकै आधारमा समाचार पनि बनाए ।

अहिले पनि थुप्रै भ्रामक तथा मिथ्या सूचना सामाजिक सञ्जालमा फैलिरहेका छन् । तीमध्ये सबैभन्दा धेरै जेनजी आन्दोलनलाई लिएर रहेको छ ।
स्पष्ट छ(जेनजी आन्दोलनका कोही पनि साँचो संस्था तथा व्यक्ति छैनन् । यसबेला जेनजी नामलाई लिएर फरक(फरक विज्ञप्तिहरू निस्किरहेका छन् । आम मान्छेहरूले तिनैलाई लिएर विभिन्न धारणा बनाइरहेका छन् । अनि सामाजिक सञ्जालमा भ्रामक तथा मिथ्या सूचनाको बाढी आइरहेको छ, यस्ता सूचनालाई जो कोहीले सजिलै पत्याइदिन सक्छन् ।
यसबेला चाँड्चाँडो घटनाक्रमहरू बदलिरहेका छन् । र जेनजी आन्दोलनले कसरी अवतरण गर्छ, त्यो पनि अन्योल नै छ । यस्तोमा कसैले केही कुरा सञ्जालमा राखिदिँदा मात्र पनि त्यसले व्यापक ‘रिच’ पाउन सक्छ । किनकि यसबेला सबैलाई के भइरहेको छ रु भन्ने चासो हुन्छ । त्यही चासोका कारण आम मान्छे सजिलै भ्रामक तथा मिथ्या सूचनाको मारमा पर्ने देखिएको छ ।
सञ्जालमा त्यस्तो झुटा खबरहरू फैल्याउनेमा व्यक्तिदेखि सञ्चारगृह सबै परेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरू समेत रहेका छन् । तथ्य प्रमाणित गर्न समय लाग्ने तर खबर चाँडो दिनु पर्ने बाध्यताका कारण यस्तो परिस्थिति सिर्जना भइरहेको हो ।
यसो हुनाले सञ्जालमा अहिलेको सबैभन्दा ठूलो चुनौती भ्रामक तथा मिथ्या सूचनाबाट बच्नु देखिएको छ ।
त्यसका लागि तपाईंले कम्तीमा तलका उपायहरू अनपाउन सक्नुहुन्छ
१. आधिकारिक स्रोतहरूमा मात्र भरोसा गर्नुहोस्
समाचारका लागि आधिकारिक मिडिया र सरकारी विज्ञप्तिहरूमा निर्भर रहनुहोस् । किनकि सामाजिक सञ्जालमा फैलिने जानकारी अतिरञ्जत वा झुट हुन सक्छ । उदाहरणका लागि, नेपाल प्रहरीको आधिकारिक फेसबुक अकाउन्ट अथवा कुनै मन्त्रालयको वेबसाइटमा जान सक्नुहुन्छ ।
२. सूचनाको स्रोत जाँच गर्नुहोस्
कुनै समाचार वा दाबी पढ्दा त्यसको मूल स्रोत पत्ता लगाउनुहोस् । कसले भन्योरु, कहाँबाट आयोरु जस्ता प्रश्न सोध्नुहोस् । यदि समाचारमा स्रोत उल्लेख छैन वा अस्पष्ट छ भने विश्वास नगर्नुहोस् ।
३. सामाजिक सञ्जालमा सतर्क रहनुहोस्
विशेषत फेसबुक, एक्स, टिकटक वा इन्स्टाग्राममा भाइरल पोस्टहरू तुरुन्तै सेयर नगर्नुहोस् । फोटो, भिडियो वा स्क्रिनसटहरूको सत्यता जाँच्नुहोस् । गुगल रिभर्स इमेज सर्च जस्ता टुल्स प्रयोग गरेर फोटो स्रोत पत्ता लगाउनुहोस् ।
४. तथ्य जाँच गर्ने बानी बसाल्नुहोस्
नेपालमा उपलब्ध तथ्य जाँच गर्ने विभिन्न वेबसाइट छन् । उदाहरणका लागि, नेपाल फ्याक्ट चेक, फ्याक्ट चेक, टेकपाना फ्याक्ट चेक आदि । तिनीहरू हेरिरहनुहोस् । त्यहाँ फ्याक्ट चेक गर्दाको प्रक्रिया स्पष्ट लेखिएको हुन्छ । सके ती पनि आफूले प्रयास गर्नुहोस् ।
५. अतिरञ्जित हेडलाइनबाट सावधान रहनुहोस्
कुनै पनि कुरालाई अतिरञ्जित गरिएका छन् भने ती बाट सचेत रहनुपर्छ । किनकि त्यहाँ भ्रामक जानकारी हुन सक्छ । यस्ता समाचारलाई तुरुन्तै विश्वास नगरी विस्तृत पढ्नुहोस्।

साभार ः अनलाईन खबर डट कम

सम्बन्धित

Comments are closed.