शनिवार पनि कञ्चनपुरमा निषेधाज्ञा कायमै, भेला जुलु्श गर्न नपाईने

महेन्द्रनगर । शनिवार पनि कञ्चनपुरमा निषेधाज्ञा जारी रहने भएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आज शनिवार पनि विगत झै निषेधाज्ञा यथावत नै रहने बताउनु भएको छ ।

कञ्चनपुर जिल्ला महेन्द्रनगर बजार क्षेत्र तथा पालिका केन्द्रमा सार्वजनिक शान्ति तथा अमन चयन कायम राख्न सर्वसाधारणको जीउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गर्ने, सहिष्णुता, सद्भाव कायम राख्न अर्को आदेश नभएसम्म पुरानै समयको निषेधाज्ञा अहले पनि रहेको उहाँले बताउनु भयो ।

कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित

Comments are closed.