भारतिय सिमानाका पुर्ण रुपमा सुचारु, कारागारबाट भागेका कैदी भारत छिर्ने चिन्ता

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीसहित अन्य भारतिय सिमानाका पूर्णरुपमा संचालनमा आएका छन् । विगत एकहप्ता देखि बन्द रहेको नेपाल भारत सिमा गड्डाचौकी नाका पनि आईतबार साँझ बाट पुर्णरुपमा खुलेको छ ।

भाद्र २३ गतेदेखी युवाहरुको समुह जेन–जीले गरेको आन्दोलन र देशमा आएको विशम परिस्थितीलाई मध्येनजर गर्दै सिमानाकाहरु सबै बन्द भएका थिए । आईतवारदेखी सबै नाकाहरु निर्वाधरुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकातिर नाका खुलेर आम सर्वसाधारणहरुलाइ कसहजता भएपनि कारागारबाट भागेका कैदीहरु भारत छिर्ने चिन्ता पनि रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी शागर बोहराले कैदीका लागि भनेर सिमानाका बन्द गर्न नमिल्ने बताउनु भयो ।

आम सर्वसाधारणहरुलाई समस्या राखेर कैदीका कारणले सिमा बन्द गरेर सास्ती मात्रै हुने भएपछि नाका निर्वाध रुपमा संचालनमा आएको उहाँले बताउनु भयो ।

तर सिमानाकामा कडाईका साथमा चेकजाँच पनि भईरहेको प्रहरीले पनि कैदीहरुको खोजी कार्य गरीरहेको, कतिपय आफै आएको कतिपयलाई भारतिय सुरक्षाकर्मीहरुले पक्राउ गरेको उहाँले बताउनु भयो ।

अहिले कारागारमा २ सय ४० जना कैदीहरु फर्किएको र जसमध्ये ४ जनाको कैद भुक्तान पुरा भएको छ । कारागारमा जम्माम ४ सय ७८ जना कैदी रहेको थिए भने २१ जना कारगारबाट भाग्न मानेन भने अन्य सबै जेन जीको आनदोलनमा कारागारबाट निस्किएका थिए ।

अहिले पुर्ण रुपमा नाका खुले संगै नेपालीको हकमा नेपाली नागरिकता र बालबालिकाको हकमा जन्म दर्ता भए सजिलै भारत जान पाउने भएका छन् ।

सम्बन्धित

Comments are closed.