महेन्द्रनगर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अवरुद्ध सेवा पुनः सुरु गरेको छ। कार्यालय भवनमा तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएको थियो।
विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको मर्मतपछि सेवा थालिएको हो। कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुवात गरेको छ ।
जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो ।
मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए । तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए ।
Comments are closed.