कृष्णपुर नगरपालिकालाई जानकी र बनदेवी सामुदायिक वन उपभोक्ताबाट फर्निचर सहयोग

महेन्द्रनगर । कृष्णपुर नगरपालिकालाई कृष्णपुर–९ स्थित जानकी सामुदायिक वन उपभोक्ता समिति र बनदेवी सामुदायिक वन उपभोक्ता समितिले फर्निचर सहयोग गरेको छ । भदौ २३ र २४ गते जेनजीको नाममा अज्ञात समूहले कृष्णपुर नगरपालिका कार्यालयमा आगजनी र लुटपाट गरी सम्पूर्ण कागजात, फर्निचर र कार्यालयको संरचना ध्वस्त भएको थियो ।

घटना पछि नगरपालिका क्रमशः पुनः सञ्चालनतर्फ अघि बढिरहेको छ । पालिकाको कार्यलाई निरन्तरता दिन समितिले ४ घुम्ने कुर्चि र २ वटा टेबल सहयोग गरेको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनु भयो ।

यो बेला पालिकालाई सबैको हातेमालोको आवस्यक रहेको बेलामा विभिन्न संघसंस्थाहरु, व्यक्तीगत पनि पालिकालाई सहयोग मिलेको उहाँले बतथाउनु भयो ।

नगरपालिका कार्यालय अहिले संघ–संस्था र कर्मचारीहरूको निरन्तर प्रयासमा पुनः सक्रिय भईरहेको र कार्यालयको सरसफाइदेखि लिएर आवश्यक कामकाज निरन्तर संचालनमा रहेको नगर प्रमुख ओझाले बताउनु भयो ।

कर्मचारीहरूले प्रतिकूल अवस्थामा समेत सेवा प्रवाहलाई निरन्तरता दिइराखेका छन् । उनीहरूको यस योगदानले नगरपालिका कार्यालयलाई तत्कालीन कार्यसञ्चालनमा ठूलो टेवा पु¥याएको नगरपालिका प्रमुख ओझाले बताउनु भयो ।

सहयोगी समितिहरू र कर्मचारीहरूको सक्रियतालाई धन्यवाद व्यक्त गर्दै उहाँले विपतको घडीमा पनि सबैको साथ र सहयोगले नगरपालिकालाई पुनःस्थापित गर्ने हाम्रो प्रयासलाई मजबुत बनाएको बताउनु भयो ।”

स्थानीयवासीहरूले पनि सामुदायिक वन उपभोक्ता समितिहरूको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता संकटमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

यस्तै, युवा व्यवसायी गड्तौला सप्लायर्स अत्तरियाका प्रोपराइटर प्रकाश देउवाले पनि कृष्णपुर नगरपालिका कार्यालयलाई १ थान कलर प्रिन्ट उपलब्ध गराएका थिए ।

सम्बन्धित

Comments are closed.