जेन जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा मेधावी स्कुलको आयोजनामा दीप प्रज्वलन

महेन्द्रनगर । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका महान शहिदहरुको आत्माको चिर शान्तीको कामना गर्दै भाँसीमा रहेको मेधावी सेकेन्डरी स्कुलले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विधार्थीहरु र शिक्षक शिक्षीकाहरुले भदौ २३ र २४ गते ‘जेन जी’ले आयोजना गरेको आन्दोलनमा ज्यान गुमाएका वीर शहीदहरूको सम्झनामा बुधबार विद्यालयमा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेले जानकारी दिनुभएको छ ।

उहाँले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै विद्यालयमा दीप प्रज्वलन कार्यक्रम गरिएको बताउनु भयो ।

विधालयका शिक्षक शिवम बस्नेत उक्त कार्यक्रमको संयोजकको रुपमा रहनु भएको थियो भने, सामाजिक विषयकी शिक्षिका इन्दु भट्ट र विधार्थीहरुले कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए ।

 

सम्बन्धित

Comments are closed.