रेडियो शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर पत्रकार जोशी सम्मानित

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्व कोषाध्यक्ष पत्रकार जयदेव जोशी सम्मानित भएका छन् । द्वन्द पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले स्टेशन म्यानेजर जोशीलाई सम्मान गरेको हो । संस्थाले आफनो १८औँ वार्षिकोत्सव तथा वार्षिक साधारण सभामा सम्मान गरेको हो । संस्थाबाट सम्पन्न क्रियाकलाप र पिडित महिलाको बुलन्द आवाजलाई संचार माध्यमबाट प्रकाशन तथा प्रसारण गरी जनचेतना जगाउने काममा संस्थालाई गर्नु भएको सहयोगको उच्च मुल्याङकन गर्दै सम्मान गरेको संस्थाका अध्यक्ष सिता बोहराले बताईन् ।

संस्थाको सुरुवाती दिनदेखी विभिन्न सामाजिक क्रियाकलापलाई, एकल महिलाहरुको हकहित, अधिकारका विषयमा कलम चलाएको र उनिहरुको अधिकारलाई सुनिश्चित गर्न योगदान गरे वाफत र संचारको माध्यमबाट आम जनसमुदायमा सुचनाको सहि सम्प्रेषण गरेर संस्थाको हितका काम गरेको भएर नै उहाँलाई सम्मान गरीएको अध्यक्ष बोहराले बताईन् ।

पत्रकार जोशीले यो सम्मानले आफुलाई एकल महिला, दलित महिला र अन्य सिमान्तकृत महिलाहरुको क्षेत्रमा अझै शसक्त भएर उनिहरुको हकअधिकारको रक्षार्थ काम गर्न हौसला मिलेको बताए । साथै आगामी दिनमा पिडितहरुको आवाजलाइ संचार माध्यममा पहुँच दिलाएर न्यायको क्षेत्रमा खटिने बताए ।

पत्रकार जोशी विगत १९ वर्षदेखी विभिन्न संचार माध्यममा रहेर कार्य गरी सक्नु भएको छ भने हाल कञ्चनपुरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजरको रुपमा सक्रिय पूर्वक कार्य गरीरहनु भएको छ । साथै सामाजिक क्षेत्रमा कार्यरत अन्य ४ जनालाई पनि संस्थाले सम्मान गरेको छ,

जस्मा एकल महिलाहरको हक र अधिकार सुनिश्चित गराउन आन्दोलन र संगठन निर्माण गर्नका साथै संस्थालाई महत्वपुर्ण सल्लाह सुझाव प्रदान गर्ने कमला राना, असाहय महिला उत्थान तथा संस्कृती जेगर्ना केन्द्रका अध्यक्ष मञ्जु गिरीलाई सम्मान गरएिको छ ।

यसैगरी, महाकाली प्रादेशिक अस्पताल अन्तरगत एकद्धारा संकट व्यवस्थापन केन्द्रमा कार्यरत रही लैङगिक हिँसा प्रभावित महिलाहरुको न्यायका लागि गरेको कार्यको उच्च मुल्याङकन गर्दै केन्द्रका सम्पर्क व्यक्ती भावना शर्मा, र जिल्ला प्रहरी कार्यालय महिला सेलमा कार्यरत रही पिडित महिलाहरुलाई न्याय दिन खेलेको भुमिकाको उच्च कदर गर्दै नारायण दत्त पाण्डेयलाई सम्मान गरीएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा गैसस महासंघका कार्यवाहक अध्यक्ष अमिर तिरुवाले संस्थाले विगतदेखी द्वन्द पिडित तथा एकल महिलाहरुको क्षेत्रमा गरेको कार्य सम्मान जनक रहेको बताए । एकल महिलाले नेतृत्व गरे १८ वर्षमा यो संस्थालाई पुय्राउनु सम्मानजनक कार्य रहेको बताए ।

सयौ पिडा दुख खाएर यो अवस्थामा अहिले ४० भन्दा बढी युवायुवतीलाई स्वरोजगार बनाउनु ठुलो उपलब्धी रहेको उनले बताए । यसैगरी सम्मानीत हुने सबैलाई उनले हार्दिक बधाई व्यक्त गरे, संस्थाका अध्यक्ष सिता बोहराले यो संस्था आफनो मात्रै नभएर सबै एकल महिलाहरुको पसिना, रगतले यो स्थान सम्म पुगेको बताउनु भयो ।

सबै सहयोगी दाता, स्थानिय सरकार, संस्थाका शुभचिन्तक, कर्मचारीहरुलाई उनले यो स्थानमा पुय्राउन गरेको साथ र सहयोग प्रती कृतज्ञता रहेको बताईन । कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन पार्वती देवी भट्टले प्रस्तुत गर्नु भएको थियो, भने कार्यक्रमको सञ्चालन भने डम्मरी विष्टले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.