गोदावरीमा ढुङ्गाले हानेर साधुको हत्या

महेन्द्रनगर । कैलालीको गोदावरीमा ढुङ्गाले हानेर साधुको हत्या गरिएको छ । गोदावरी नगरपालिका – ४ चुनेपानीमा रहेको लक्ष्मीनारायण मन्दिरको कुटीमा बस्दै आएका साधु भगत रामनारायण डगौराको हत्या गरिएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ वर्षीय साधु डगौराको बुधवार राति टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतक भगत डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचा रहेको स्थानमा कुटी बनाएर बस्दै आएका थिए ।

मालाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शङ्कास्पद लेबरीको काम गर्ने एक जनलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित

Comments are closed.