होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

महेन्द्रनगर – कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो ।

पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा बेड भर्ना भएका छन । आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको छ।

क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५ हजार औषधी खर्च हस्तान्तरण गरेका छन ।

विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । होलि खेलेर उठेको रकमबाट यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो ।

दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी बिरामी परेर थला परेको थाहा पाएपछि जिल्लाका पत्रकार अस्पताल पुगेर शिघ्र स्वाथ्य लाभको कामना गरेका थिए ।

आफु बिरामी भई अस्पतालको सैयामा भएका बेला जिल्लाका क्रियाशिल एव होली खेलेका सहकर्मी आएर उपचारखर्चदेखि सान्त्वना प्रदान गरेपछि पत्रकार विवशले कञ्चनपुरका सम्पूर्ण पत्रकारप्रति आभार ब्यक्त गरेका छन ।

सम्बन्धित

Comments are closed.