महेन्द्रनगर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मृतक सदस्यको परिवारलाई मृत्यु पश्चात पाईने सुविधा राहत वितरण गरेको छ । भीमदत्त नगरपालिका १८ की केन्द्र नम्वर ३६१२ शेयर धनी सदस्य मन्तीदेवी खुनाको भाद्र २ गते निधन भएको थियो ।

शुक्रवार एक श्रद्धाञ्जली सभाको आयोजना गर्दै मृतक सदस्यका श्रिमान नन्दुलाल खुनालाइ उक्त कार्यक्रममा नगद १ लाख ६५ हजार रुपैँया प्रदान गरीएको छ । मृतक परिवारलाई काजक्रिया वाफत २५ हजार, मृतकले निकालेको १ लाख ऋण र जम्मा गरेको नगद सबै रकम परिवारलाई नै फिर्ता गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेमबहादुर बस्नेतले दुखको समयमा संस्थाले गरेको यो सामाजिक कार्य अति नै सराहनिय रहेको बताउनु भयो ।

यस्तो विपत परेको बेलामा घरदैलोमा आएर १ लाख ६५ हजार नगद रकम दिनु, काजक्रिया खर्च दिनु, ऋण मिनाह, र जम्मा गरेको सबै रकम फिर्ता दिनु भनेको उत्कृष्ट कार्य रहेको बताउनु भयो ।
सहकारीमा नियमित बचत गरि सहकारीबाट लिएको कर्जा आयमूलक कार्यमा लगानी गर्न आग्रह गर्नुभयो । सदस्यहरुले वित्तीय कारोबारको सुविधा मात्र नभएर, सदस्य र सदस्यको परिवारको समेत सुरक्षण हुने गरेकोमा उहाँले किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रशंसा ब्यक्त गर्नु भयो ।
सहकारी संस्थाले वित्तीय गतिबिधी मात्र नभएर समुदाय र सदस्यहरुको सुरक्षणमा प्रशंसनिय कार्य गर्दै आईरहेको बताउनु भयो ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका भीमदत्त शाखा प्रमुख पदम सिंह खडकाले मृतक खुनाले गरेको कर्जा कारोबार १ लाख रुपैँया मिनाह गरेको र तिरेको रकम पनि फिर्ता गरेको र काजक्रिया वाफत २५ हजार नगद प्रदान गरेको बताउनु भयो ।
उहाँका श्रिमानलाई नगद १ लाख ६५ हजार रुपैँया श्रद्धाञ्जली सभाको आयोजना गरेर प्रदान गरीएको बताउनु भयो । संस्थाले सामाजिक उत्तरदायीत्व वहन गर्दै सहकारीताको माध्यमबाट आफ्ना हरेक सदस्यको आयस्तर बृद्धिको साथै सदस्यको संरक्षण समेत गर्ने लक्ष्य रहेको बताउनु भयो ।
संस्थाले भीमदत्त शाखाबाट १ सय ७७ जनालाई सुत्केरी सुविधा, ४ जना शेयरधनीका छोराछोरी लाई छात्रवृत्ती सुविधा, सदस्यको मृत्यु भएमा काजक्रिया खर्च, रिण मिनाह, बचत फिर्ता गर्ने व्यवस्था रहेको बताउनु भयो ।
साथै सहकारी समाजबाट कहिल्यै अलग हुन नसक्ने भन्दै किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजीक उत्तरदायित्व वहन गर्दै सहकारीताको माध्यमबाट सदस्यको आयस्तर बृद्धि गर्न बिगत तिन दशकदेखी समुदाय संग संगै सहकार्य गरिरहेको बताउनु भयो ।
मृतक सदस्यका श्रिमान नन्दुलाल खुनाले यो विपदमा घरमा आएर काजक्रिया खर्च, रिण मिनाहलगायत १ दाख ६५ हजार सहयोग प्रदान गरेको प्रती संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.