महेन्द्रनगर । बिश्व दृष्टि दिवसको अवसरमा दार्चुलामा आयोजना भईरहेको आँखा शिविरले स्थानियलाई सहजता भएको छ । विहिवार र शुक्रवार आयोजना भएको आँखा शिविरबाट ७ सय बढीले सेवा लिएका छन् ।

नारायणी आँखा अस्पताल, नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल, र आँखा अस्पताल महेन्द्रनगरको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन भईरहेको हो ।
उक्त शिविरबाट १ सय १ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले सबैको निशुल्क रुपमा शल्यक्रिया गरिएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिंह धामीले जानकारी दिनु भयो ।
आँखा शिविरमा छनोट भएका मोतिविन्दुको निशुल्क अपरेसन गरिने, औषधि निशुल्क वितरण गरिने, र नजिकको पढने लेख्ने चस्मा रु. १०० मा उपलब्ध गराइने व्यवस्था रहेको आँखा अस्पताल महेन्द्रनगर का नेत्र अधिकृत धामीले जानकारी गराउनु भयो ।
यसैगरी असोज २६–२७ गते सम्म रिठा चौपातामा र २९–३० गते सम्म पस्तीमा आँखाको शिविर आयोजना हुने उहाँले बताउनु भयो ।
Comments are closed.