कञ्चनपुर प्रहरीले बरामद गरेको करिब २९ लाख मूल्यको पटाका नष्ट

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको थियो । शनिवार साँझ ६ बजे २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरको विष्फोट पदार्थ पटाका बरामद गरेपछि आईतवार पत्रकार सम्मेलन गर्दै उक्त पटाखाहरु नष्ट गरेको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ३ का ४९ वर्षीय खडक पालको घरबाट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले बताउनु भयो । विषेश सूचनाको आधारमा पालको घरमा खानतलासी गर्दा पटाका बरामद भएको उहाँले बताउनु भयो । पटाका बरामद सम्बन्धी । पालको घरमा पटाका लुकाइ छिपाइ राखेको अवस्थामा रहेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले छापा हानेर पटाखा बरामद गरेको थियो ।

खानतलासी गर्दा बिभिन्न प्रकारका विष्फोटक पदार्थ ( पटाका ÷ आतिसबाजी) बरामद गरी घरधनी पाललाई समेत नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य भई रहेको बताउनु भयो ।

एसपी खत्रीका अनुसार मुलुकी अपराध संहिता २०७४ परिच्छेद ७ विष्फोटक पदार्थ सम्वन्धी कसुर दफा १३८ विष्फोटक पदार्थ उत्पादन गर्न नहुने उल्लेख गरिएको बताउनु भयो ।

कारोवार भन्नाले खरिद गर्ने गराउने, विक्री गर्ने, राख्ने, प्रयोग गर्ने, संचय गर्ने, भण्डारण गर्ने, ओसार पसार गर्ने, निकासी वा पैठारी गर्नेलाई सामान्य विष्फोटक पदार्थ भए ३ वर्ष सम्म कैद र ३० हजार सम्म जरीवाना हुने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.