बुधवार सुदूरपश्चिम लगायत देशको पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना

महेन्द्रनगर । आज कार्तिक ४ गते कञ्चनपुरमा आज दिनभरी मौसम सफा रहेको थियो भने अहिले यो समयमा विहान र बेलुकी हल्का चिशो भईरहेको भएर चिकित्सकहरुले चिशोको बेलामा सजगता अपनाउन आग्रह गरेका छन् ।

आज बेलुकी केही स्थानमा सामान्यतया मौसममा परिवर्तन भई केही क्षेत्रमा बादल लाग्ने छ भने भोली बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।

कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्नेजस्तो भए घरभित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् । खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउँमा चट्याङ परेका बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।

मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डिएचएम डट एनपी डट जिवभी फेसबुक एमएफडी डट नेपाल डट पाँच, ट्विटर डीएचएम अण्डरस्कोर वेदरमा गएर जानकारी लिन र फोनबाट जानकारी लिनको लागि निशुल्क नम्वर ११५५ वा ०१ ४११३३४५ र ०१ ४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.