महेन्द्रनगर । अहिले तिहारको समयममा फुलको मालाको माग बढे संगै फुल किसानहरुलाई भ्याइनभ्याइ भएको हो । अहिले बजारमा पनि फुलको माग बढेसंगै फुल किसानहरुलाई पनि माग पुरा गर्न धौधौ भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १ की फुल किसान सिर्जना जोशीलाई फोनबाट पनि फुलको माग गर्ने गरेको बताईन ।
अहिले यो वर्ष मौसमले साथ दिएपछि आफुले राम्रै फुल उत्पादन गरेको बताउनु भयो । यो वर्ष तिहारमा आफुले लगाएको फुलहरु सबै विक्री भईसकेको बताउँदै मौसमले साथ दिएपछि फुल खेतीबाट राम्रो आम्दानी गर्न सकिने बताउनु भयो ।
सुरुमा ३ सय विरुवाबाट आफुले खेती सुरु गरेको बताउँदै अहिले आफुले खेती वस्तार गररेर २ विगाहमा फैलाएको र आगामी दिनमा फेरी आफनो फुल खेतीलाई बढाएर लैजाने बताउनु भयो ।
सुरुवाती चरणमा मौसमले साथ नदिएर पुष्प खेतीमा धरै नोक्शान बेहोरेको स्मरण गर्दै यो वर्षमा मौसमले पनि राम्रो साथ दिएपछि फुल फस्टाएको जानकारी दिनु भयो ।
सुरुवाती चरणमा कुन फुल लगाउने कस्तो जातको फुल लगाउने भन्ने जानकारी लिनमा वित्यो, अहिले कर्मा जात, टेनेश बल प्रजातीको फुलहरु अहिले लगाएर राम्रो भएको छ’ उहाँले भन्नु भयोर्, फुल खेतीमा मौसमले साथ दिनु पर्ने हुन्छ नत्र सोचे जस्तो फुल फल्न सक्दैन’ चार वर्षदेखी फुलको खेती गर्दै आएकी फुल किसान जोशीलाई भारतबाट आउने फुल ले मारमा पारेको बताउनु भयो ।
साथै फुललाई सुरक्षित राख्नका लागि कोल्ड स्टोर नभएको र फुलको सप्लाई सिस्टम नै व्यवस्थित नभएको गुनाशो गर्नु भयो ।
Comments are closed.