महेन्द्रनगर । आज आईतवार कञ्चनपुरमा सामान्यतया मौसम सफा रहने छ । कञ्चनपुरमा बिहान र बेलुकी विस्तारै चिशो बढदै गईरहेको अवस्थामा सुरक्षित रहन चिकित्सकहरुको सुझाव रहेको छ । मौसम परिवर्तन भएसंगै अहिले रुघाखोकी लाग्ने समय भएकाले पनि आफनो स्वास्थ्यको ख्याल राख्न चिकित्सकले बताएका छन ।
यो बेलामा विहान हिँडडुल गर्दा मोटो बाक्लो कपडाहरु लगाएर मात्रै बाहिर आउन आग्रह गरेका छन । आज दिउँसो र राती भने मौसम सफा रहने मौसमका जानकारहरुको भनाई छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.