महेन्द्रनगर । कञ्चनपुरमा १ महिनामा १ सय १३ जना जुवाडे पक्राउ परेका छन् । दशै र तिहारमा जुवातास खेल्ने खेलाउनेलाई पक्राउ गर्नमा प्रहरीको भुमिका सराहनिय रहेको पाइएको छ । कञ्चनपुर प्रहरीको सक्रियताले गर्दा कैलालीको तुलनामा कञ्चनपुरमा बढी मुद्दा दर्ता भएका छन् ।
कैलालीको तुलनामा कञ्चनपुरमा लगभग ३ गुणा बढी जुवाडेहरु पक्राउ परेका हुन । कञ्चनपुरमा प्रहरीले ठूलो संख्यामा जुवाडेलाई कारबाही गरिएको जनाइएको हो ।
पछिल्लो समय बढेको जुवालाई नियन्त्रण गर्नमा कञ्चनपुर प्रहरीले निकै अग्रसरता देखाएको देखिन्छ । कञ्चनपुरमा जुवा तास खेल्ने खेलाउने माथी प्रहरी निर्मम भएपछि राजश्व वृद्धी भएको छ भने १ सय १३ जना पक्राउ परेको र १४ जना विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी बोहराले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार असोज १ गतेदेखि कार्तिक ९ गते सम्म जुवातास सम्बन्धि १४ वटा मुद्दा चलाइ कानुनी प्रक्रियामा गएको बताउनु भयो ।
यस्तै दसैं तिहारको समयमामात्रै ११३ जना जुवाडे पक्राउ परेकोमा ७ लाख २९ हजार ५ सय ४६ रुपैयाँ बरामद गरिएको प्रवक्ता बोहराले बताउनु भयो ।
जुवातासले समाजमा राम्रो सन्देश नजाने र आर्थिक रुपमा पनि हानी हुने भएका ले यस्ता कार्य गर्न गराउन कानुनी रुपमा पति गलत रहेको बताउनु भयो ।
प्रहरीको सक्रियतामा यहीँ अवधिसम्म उता, कैलालीमा भने जम्मा मुद्दा दर्ता संख्या ५ रहेको छ । यस्तै ४७ जना जुवाडे पक्राउ परेकोमा रु. ४ लाख ६८ हजार ७ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरीको अभिलेख छ ।
Comments are closed.