आफैंलाई आफैं अगाडि बढाउन प्रयन्त गर् किनभने तिम्रो लागि अरु कसैले त्यो गर्ने वाला छैन। यो जीवनको सबैभन्दा ठूलो सत्य हो( तिमी आफ्नो सपना, आफ्नो लक्ष्य र आफ्नो बाटोका लागि आफैँ अगाडी बढ्नु पर्छ‘
संसारले तिम्रो संघर्ष देख्दैन, उसलाई त केवल तिम्रो सफलताको कथा सुन्न मन पर्छ, तर त्यो सफलता प्राप्त गर्न, तिमीले आफैंभित्रको थकाइ, आलस्य र डरसँग लड्नुपर्ने हुन्छ ।
जीवनमा कुनै पनि ठूलो उपलब्धि कहिल्यै सजिलै हात लाग्दैन। प्रत्येक सपना पाउँदा तिम्रो आँसु, पसिना र असफलताको पीडा मिसिएको हुन्छ। तर त्यही पीडा तिम्रो भविष्यको शक्ति बन्नेछ( यदि तिमी हिम्मत हार्दैनौ भने।
जब कोही तिम्रो साथमा हुँदैन, त्यही बेला तिमी आफैँलाई साथ दिनु पर्ने हुन्छ।
जब सबैले भन्छन् ूतिमीबाट हुँदैनू त्यही वाक्यलाई आफ्नो इन्धन बनाऊ र प्रमाणित गर कि तिमी असम्भवलाई सम्भव बनाउन जन्मेका हौ। सफल मानिसहरू फरक त्यसै कारणले हुन्छन्( उनीहरूले आफैँलाई बारम्बार धकेल्ने, उठाउने, र पुनः चलाउने बानी बनाएका हुन्छन्।
Comments are closed.