महेन्द्रनगर । अपाङ्गता भएका युवाका परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कञ्चनपुर बस्दै आएका ४७ वर्षका लोकबहादुर सावद र उनका सहोदर दाजु ५६ बर्षिया करन सिह साउदलाई युवाहरुले खाद्यन्न सहयोग गरेका हुन् ।
युवा समाजसेवी अंकित जोशी, हरिष चन्द र प्रशान्त चन्दले खाद्यन्न सहयोग गरेका हुन् । सावद परिवारमा सबै जना अपाङ्गता भएको अवस्थामा आफुहरुले सहयोग गरेको समाजसेवी युवा अंकित जोशीले बताउनु भयो ।
सावदका दाजु करन सिह साउदको दुवै मृगौला खराब रहेको अवस्था माउहाँ हिँडडुल गर्न असमर्थ रहेको भाई लोकबहादुरले बताउनु भयो । आफु पनि अपाङग दाजु बहिनी दिदि छोरछोरीसबै अपाङ भएपछि समस्या भएको उहाँले बताउनु भयो ।
डडेल्धुराको अमरगडी नगरपालिका २ आईत घर भई हाल उनिहरुको परिवा कञ्चनपुरम बस्दै आएका छन् । खानलाई पनि समस्या भएको विभिन्न सञ्चार माध्यमबाट जानकारी आएपछि आफुहरुले खाद्यन्न सहयोग गरेको अर्का समाजसेवी हरिष चन्दले बताउनु भयो ।
यसरी सबैले आआफनो क्षेत्रबाट साथ र सहयोग गरेको खण्डमा उहाँहरुलाइै केही राहत हुने र सबैले सानोसानो साहयोग गर्न उहाँले आग्रह गर्नु भयो । यो दुखको बेलामा सबैले आतेमालो गर्न आवस्यक रहेको अर्का समाजेवी युवा प्रशान्त चन्दले बताउनु भयो ।
दिपावली अघि सिकित्त बिरामी भएका साउदको महाकाली अस्पलतामा उपचार गरेपनि निको नभएपछि थप उपचारका लागि पैशा नहुँदा साउद घरमै छन । घरका दाजुभाई सबै अपाङ्गता भएपछि उपचार खर्च जुटाउन त परकै कुरा हो, समान्य दैनिक छाक छार्न समेत समस्या भएको छ ।
Comments are closed.