महेन्द्रनगर । कञ्चनपुर जिल्लास्थित छ वटा विद्यार्थी संगठनहरूले भीमदत्त नगरपालिकाको वार्ड नं ५ र ६ मा मापदण्ड विपरीत सञ्चालन भइरहेका मसाज सेन्टरहरू विरुद्ध संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा ती सेन्टरहरूले अनैतिक क्रियाकलाप र सामाजिक मूल्यविरुद्धका गतिविधि गरिरहेको आरोप लगाउँदै तत्काल कारबाहीको माग गरिएको छ।
विद्यार्थी संगठनहरूले स्थानीय प्रशासनलाई यस्ता व्यवसायहरू नियन्त्रण गर्न र कानूनी कदम चाल्न आग्रह गरेका छन्।
उक्त प्रेश विज्ञप्तीमा विगत लामो समय देखि कञ्चनपुर जिल्ला स्थित रहेका क्रियासिल युवा विद्यार्थि संगठनहरूले सामाजिक बिकृतीे, विसंगति र जनजिविकाका सवालमा बुलन्द आवाज उठाउदै आइरहेको कुरा सर्ववितितै छ । यसै सन्दर्भमा भिमदत्त नगरपालिका वडा नं. ०५ र ०६ स्थित रहेका शैक्षिक संस्था, मठमन्दिर र हाम्रो संस्कृतिलाई नै प्रत्यक्ष रुपमा असर पर्ने गरि मापदण्ड विपरित संस्चालनमा आएका मसाज सेन्टर र डान्स वार व्यवसायीहरुलाई स्थानिय वासि र सरोकार पक्षले सम्बन्धित नियमन गर्ने निकायलाई पटकपटक खबरदारी गर्दै आएपछि सम्वन्धित वडाहरूले व्यवसायीहरुलाई ३५ दिने सूचना मार्फत ठाउँ सानीका लागि पत्राचार गर्दागर्दै पनि स्थानिय सरकारलाई नै अटेरी गरि आएको कुरा सम्बन्धित निकायहरुलाई गम्भिर ध्यानाकर्षण गराउदछ।। साथै अविलम्ब यी व्यवसायहरुलाई मापदण्ड अनुरूप नियमन गर्न हार्दिक अपिल गर्दछौ। भन्ने उल्लेख गरीएको छ । हाम्रो संयुक्त अपिललाई वेवास्था गरेको खण्डमा संघर्ष गर्न वाध्य हुने जानकारी गराईएको छ ।
Comments are closed.