महेन्द्रनगर । अछामको साँफेबगरमा आगलागी भएको छ । साँफेबगर हाटबजार क्षेत्रमा लागेको आगोले किराना पसल, होटलसहित ६ भन्दा बढी पसलहरू नष्ट गरेको हो।
स्थानीय व्यापारीहरू, सुरक्षाकर्मी सहितको टोलीको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको छ ।
घटनाबारे थप सूचना आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।अछामको मुख्य सहर साँफेबगरमा दोस्रो पटक आगलागी हुँदा पनि दमकल नभएको कारणले आगो नियन्त्रण गर्न गाह्रो भएको बताइएको छ।
Comments are closed.