साहित्यकार नारायण लम्साल प्रलेश प्रतिभा सम्मान २०८२ बाट सम्मानित

महेन्द्रनगर । सामुदायिक रेडियो शुक्लाफाँटा एफएमका लेखा प्रमुख एवम प्रगतीशील लेखक संघ नेपाल प्रदेशको पूर्व सचिवालय सदस्य साहित्यकार नारायण लम्साललाई सम्मान गरीएको छ ।

प्रगतीशील लेखक संघ नेपाल सुदूरपश्चिम प्रदेशले विगत लामो समयदेखी प्रगतीशील साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पुय्राए वाफत सम्मान गरीएको हो ।

ह्याँक विमोचन एवम विमर्श कार्यक्रममा प्रलेश प्रतिभा सम्मान २०८२ बाट सम्मान गरीएको हो । यो सम्मानले आफुलाई थप साहित्यको क्षेत्रमा सक्रियता पूर्वक लाग्न हौसला प्रेरणा थपेको बताउनु भयो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा प्रगतीशील लेखक संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष कोपिला शर्मा (कल्प) रहनु भएको थियो भने, प्रमुख अतिथीमा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रीलोचन भट्ट, बिशिष्ट अतिथीमा माननिय डा. पुष्कर भट्ट,

प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. टीएन जोशी, वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिय पत्थर लगायत रहेका थिए । यसैगरी कञ्चनपुर र कैलालीका साहित्यकारहरुको पनि उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.