महेन्द्रनगर । आज मंगलवार कञ्चनपुरमा बिहान हुस्सु लागेर मौसम चिशो भएको छ । भने दिउँसो केही क्षेत्रमा घाम लाग्ने भएको छ । कञ्चनपुरमा बिहान र बेलुकी हुस्सु लाग्न भएकाले विस्तारै चिशो बढदै गईरहेको अवस्थामा सुरक्षित रहन चिकित्सकहरुको सुझाव रहेको छ ।
मौसम परिवर्तन भएसंगै अहिले रुघाखोकी लाग्ने समय भएकाले पनि आफनो स्वास्थ्यको ख्याल राख्न चिकित्सकले बताएका छन ।
यो बेलामा विहान हिँडडुल गर्दा मोटो बाक्लो कपडाहरु लगाएर मात्रै बाहिर आउन आग्रह गरेका छन । आज दिउँसो र राती भने मौसम सफा रहने मौसमका जानकारहरुको भनाई छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
मौसमविद् विनोद पोखरेलले मंगलबार अपराह्न पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिम नेपालमा हल्का वर्षा गराउने सम्भावना देखिएको बताएका छन्। पोखरेलका अनुसार उक्त प्रणाली त्यति बलियो देखिएको छैन।
‘कमजोर पश्चिमी वायुले मंगलबार अपराह्न पश्चिम नेपालमा हल्का वर्षा गराउने देखिएको छ,’ उनले भनेका छन्। उनले यो प्रणाली काठमाडौंसम्म आउने सम्भावना नदेखिएको बताएको छन्।
तथापि काठमाडौंमा बुधबारसम्म यो प्रणालीको असर देखिने र बादल लाग्ने सम्भावना रहेको उनले बताएका छन्।बिहीबारबाट घमाइलो मौसम सुरू हुने उनले बताएका छन्।
हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
Comments are closed.