मन्त्र अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ र बालरोग विशेषज्ञको पूर्णकालीन सेवा सुरु

महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पतालले स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ व्यवस्थापनको साथमा सेवा सुरु गर्न लागेको छ।

अबदेखि अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साह पूर्णकालीन रूपमा आफ्नो सेवा प्रदान गर्ने भएका छन्।

डा. सोनी शेर्पा – स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा शेर्पाले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र यसअघि, काठमाडौँ को विभिन्न अस्पताल मा कार्यरत रहँदै महिलाहरूको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

मन्त्र अस्पतालका अनुसार डा. शेर्पाको अनुभव, निष्ठा र रोगीमैत्री व्यवहारले महिला स्वास्थ्य सेवामा नयाँ स्तर ल्याउने अपेक्षा गरिएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछःमहिला स्वास्थ्य सम्बन्धी नियमित जाँचगर्भावस्था व्यवस्थापन र सुरक्षित प्रसूतिबाँझोपन सम्बन्धी उपचारविभिन्न स्त्रीरोगहरूको उच्चस्तरीय उपचार सेवा डा.शेर्पाको आगमनले अस्पतालमा महिला स्वास्थ्य सेवा अझ सशक्त, विश्वसनीय र सहज हुने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ।

डा. मनीष साहले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र पछिल्लो समय उहाँ नेपाल मेडिकल कलेज, काठमाडौँमा कार्यरत रहनुभएको थियो।

डा. साहले नवजात शिशुदेखि बालबालिका र किशोरहरूमा देखिने सबै प्रकारका रोगहरूको निदान तथा उपचारमा विशेष दक्षता हासिल गर्नुभएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछःनवजात शिशु र बालबालिकाका सबै प्रकारका रोगहरूको उपचारकुपोषण सम्बन्धी अवस्था व्यवस्थापन बिरामी बच्चा, रुन नछोड्ने वा कमजोर बच्चाको मूल्यांकन र उपचारनियमित स्वास्थ्य जाँच तथा वृद्धि–

विकास निगरानीयससँगै अस्पतालले बालबालिकाको अत्यावश्यक उपचारका लागि निम्न विशेष सेवा सुविधा उपलब्ध गराएको छ ।

पीलिया उपचार सेवा०डा। साहको अनुभव र प्रतिबद्धताले अस्पतालको बाल स्वास्थ्य सेवा अझ गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउने विश्वास गरिएको छ।

सम्बन्धित

Comments are closed.