वेदकोटमा मोटरसाईकल दुर्घटना हुँदा सिव रानाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । वेदकोट न.पा. ७ सुडाका मोटरसाईकल चालक ३१ वर्षका शिव रानाको मृत्यु भएको हो ।

वेदकोट नगरपालिका ८ आमथलाको भित्री सडकखण्डमा विपरित दिशाबाट आएको ट्रकसंग शिव रानाले चलाएको म २ प ८४०२ नम्वरको मोटर साइकल ठोक्किएको थियो ।

घाईते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोटरसाईकल पछाडी सवार ३२ वर्षका भिम रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

ट्रक चालक भारतको विहार वस्ने अवधेश कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ।

 

सम्बन्धित

Comments are closed.