एपेक्स गोदावरी होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु ५ तारे होटलमा अध्ययन अवलोकन भ्रमणमा

महेन्द्रनगर । कञ्चनपुरमा रहेको एपेक्स गोदावरी होटल म्यानेजमेन्ट कलेजले आफना विद्यार्थीहरुलाई नेपालगञ्जमा रहेका ५ तारे होटलमा अध्ययन अवलोकन भ्रमणका लागि लगेको छ ।

 

पहिलो वर्षमा होटल म्यानेजमेन्ट अध्ययनरत १ सय ८० जना विद्यार्थीहरु शिक्षशिक्षकालगायत २ सयजना लाई नेपालगञ्जमा रहेका विभिन्न ५ तारे होटलहरुमा लगेर उनिहरु सिकाईलाई अझ बढी प्रभावकारी बनाउनका लागि यो शैक्षिक भ्रमणको आयोजना गरीएको एपेक्स गोदावरी एकेडेमीका प्रिन्सिपल विनोद भट्टले जानकारी दिनु भयो ।

प्रत्यक्षरुपमा होटलमा लगेर के कसरी काम होटल संचालनमा रहेका छन् ? विभिन्न डिपार्टमेन्टमा कसरी सेवा दिन सकिन्छ ? कर्मचारीहरुको व्यवस्थापन के कसरी भएको छ ? सेवा सुविधालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने जानकारी र सिकाई विद्यार्थीहरुले सिक्ने उहाँले बताउनु भयो ।

थेउरी सिकाई कलेजमा हुने गरेको भएपनि प्रयाक्टिकल विद्यार्थीहरुले आफैले गरेर हेरेर सिक्ने भएका उनिहरुलाई नेपालगञ्जमा रहेको ५ तारे होटलमा शैक्षिक भ्रमण गराएको कलेजका प्लेसमेन्ट कोर्डिनेटर अनिल चन्दले बताउनु भयो ।

पहिलो भ्रमण ५ तारे होटल सोल्टीमा जाने, त्यस पश्चात होटल सिद्धार्थमा भ्रमण हुनेछ भने अन्तिम होटल स्टार लाईफ रहेको उहाँले बताउनु भयो । भविष्यमा आफुले गर्ने काम सिपहरुलार्य प्रत्यक्ष देखाएर अनुभवी सिनियर सेफहरु होटल संचालकहरु संगको प्रत्यक्ष साक्षात्कारले पनि उनिहरुको अनुभव आदन प्रदान गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

आफुले अध्ययन गरीहरेको विषयको बारेमा जानकारी पाउने र साथै आफुले गर्ने कामको पनि उनिहरुले हेरेर ज्ञान पाउँने भएकाले यो शैक्षिक भ्रमणको आयोजना गरीएको प्लेसमेन्ट कोर्डिनेटर चन्दले जानकारी दिनु भयो ।

गोदावरी होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल दिपकबहादुर चन्दले विद्यार्थीहरुले ठुला होटलमा हुने प्रयाक्टिकललाई आफनो जिवनमा लागु गर्न र व्यवहारिक सिकाई होस भनेर विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लगेको बताउनु भयो ।

यस कलेजले यो प्रत्येक वर्ष यसरी नै विद्यार्थीहरुलाई अध्ययन अवलोकन भ्रमणमा लैजाने र उनिहरुले प्रत्यक्ष सिकाईमा संलग्न भएर आफनो व्यवहारमा पनि लागु गर्ने अपेक्षा रहेको बताउनु भयो ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी राजेश नागरिले अध्ययनको साथसाथै प्रत्यक्ष हेरेर प्रयाक्टिल गरेर बढी सिकाई हुने भएकाले आज सबै विद्यार्थीहरु यो शैक्षिक भ्रमणमा उत्साहित र खुसी भएको बताउनु भयो ।

साथै यो भ्रमणबाट सिकेका कुराहरु, सिपहरु, ज्ञानहरुलाई आफनो व्यवहारमा जिवनमा र व्यवसायमा पनि लागु गर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.