महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कन्चनपुरले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिवार भेटघाट चौतारीमा आयोजना गरीएको रक्तदान कार्यक्रमबाट ३५ पिन्ट रगत संकलन गरीएको छ ।

सामाजिक उत्तरदायित्व कार्य अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कन्चनपुरले यो कार्यक्रमको आयोजना गरीएको हो । पछिल्लो समयमा विरामीहरुलाई रगतको आवस्यक्ता बढेको भएर उनिहरुलाई रगतको कमी नहोस उपचारमा सहजता होस भनेर यो कार्यक्रमको आयोजना गरीएको अध्यक्ष सरस्वती जिसीले बताउनु भयो ।

नयाँ कार्य समिती आएसंगै सामाजिक कार्यलाई प्राथमिक्तामा राखेर कामको सुभारम्भ गरेको उहाँले बताउनु भयो । साथै उहाँले यो कार्यमा लाग्नु भएका सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै आगामी दिनमा लोक गितमा देखिएका विकृती विसंगतीलाई हटाउने, लुकेका प्रतिभालाई अगाढी ल्याउने, लोक संस्कृतीलाई जेगर्ना गर्दै उजागर गर्ने योजनाको साथमा काम भईरहेको बताउनु भयो ।

निवर्तमान अध्यक्ष लालबहादुर धामी ( अछामी बड्डो ) ले नयाँ कार्य समितीले गरेको यो पवित्र र सामाजिक कार्यले उहाँहरुको आगामी दिन पनि यसरी नै सामाजिक कार्यमा वित्ने र मौलिक कला संस्कृती जेगर्ना गर्न लाग्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
साथै, उहाँले विगतमा पनि यसरी नै सामाजिक कार्य मौलिकपनलाई जेगर्ना गर्ने र आफनो उत्तरदायित्वमा रहेर ककाम गर्ने योजना रहेको बताउनु भयो ।
२६ औ पटक रक्तदान गर्नु भएका हरी भट्टले दुरदराज गाँउबाट आउने विरामीहरुलाई रगत खोज्नमा समस्या नहोस उनिहरुलाई रगतको अभावले उपचारमा समस्या नहोस भनेर रक्तदान कार्यक्रममा आएर रगत दिएको बताउनु भयो ।
यसैगरी पावर अफ युथका अध्यक्ष प्रकृती भट्टले आफनो स्वास्थ्य र अर्काको ज्यान जोगाउनका लागि रक्तदान आवस्यक रहेको बताउनु भयो । युवाहरुले पनि आफनो समय अनुसार रक्तदान गर्न उहाँले आग्रह गर्नु भयो ।
Comments are closed.