घुम्ती किम्फ सुदूरपश्चिम यात्रा २०८२ को आयोजना हुने, कञ्चनपुरमा मंसिर ११ र १२ गते

महेन्द्रनगर । घुम्ती किम्फ सुदूरपश्चिम यात्रा २०८२ को आयोजना हुने भएको छ । अब बोलौ परिवर्तनको बाटो खोलौ भन्ने मुल नाराको साथमा सुदूरपश्चिमका विभिन्न जिल्लामा घुम्ती किम्फ सुदूरपश्चिम यात्रा २०८२ को आयोजना हुने भएको हो ।

धनगढीको कैलाली बहुमुखी क्याम्पसमा मंसिर ८ र ९ गते प्रदर्शन हुने भएको छ भने, कञ्चनपुरमा मंसिर ११ र १२ सुदूरपश्चिमाञ्चल विश्व विद्यालयमा घुम्ती किम्फ सुदूरपश्चिम यात्रा २०८२ को आयोजना हुने भएको हो ।

यसैगरी, डडेल्धुराको आलिताल गाँउपालिकामा मंसिर १४ गते, अछामको मालिका माध्यमिक विद्यालय वडा नम्वर ८ मा मंसिर १८ गते र पञ्चदेवल विनायक नगरपालिकामा पनि सोही दिन कार्यक्रम हुने भएको छ । यस्तै, अछामकै तुर्माखाद गाँउपालिकाको कालिकाश्वर मावीमा १९ गते प्रदर्शन हुने भएका छन् ।
प्रदर्शन हुने भिडियोहरु
१. चिसो घर
आफूलाई धोका दिएको शङ्का लागेपछि नृत्य प्रशिक्षक शुभी आफ्नो श्रीमान्सँग भिड्ने मनस्थितिमा पुगेकी हुन्छिन्। अर्कोतिर आफ्नै आमाबुबाको सम्बन्ध पनि बिग्रँदै गएको थाहा पाउँछिन्। आमा र छोरी दुवै टुट्दै गएको आफ्नो वैवाहिक सम्बन्ध जोगाउने कि तोड्ने द्विविधामा छन्।
२. सनही
जाती प्रथाका कारण छुट्टिएका दुई किशोरी आफूलाई मन पर्ने तर महिलालाई निषेध गरिएको बाजा ूसनहीू बजाउन समाजसँग लड्छन् र आफ्नो मित्रता जीवन्त बनाइराख्छन्।
३. अर्केष्टा
समाजमा सम्मानित तथा सक्रिय सदस्य गोकुल एकल बुबा हुन्। एउटा समारोहमा आफ्नो छोरा स्त्री भावमा नाचेको देखेपछि गोकुल लाजले भुतुक्कै हुन्छन्। आफ्नो छोराको त्यो शैली फेर्न र समाजमा आफूहरूको प्रतिष्ठा फर्काउनका लागि गोकुलले धेरै प्रयास गर्छन्। अनेकन् कदम चाल्छन्। समय बित्दै जाँदा गोकुल आफ्नो छोरामा रहेको स्त्रीत्वलाई बिस्तारै आत्मसात् गर्न थाल्छन्।
४. छाउ
अबजर्भेसनल अवलोकनात्मक शैलीको डकुमेन्ट्री फिल्म “छाउ”ले नेपालमा महिनावारी भएका बेलामा अनुसरण गरिने छाउपडी र छाउ प्रथाका बारेमा खोजबिन गरेको छ । यो फिल्म, महिनावारीको समयमा परिवारको लागि खाना पकाउन नहुने, दुग्धजन्य पदार्थ खान नहुने र धार्मिक स्थल जान नहुनेलगायतका दैनिक काम नगरेर आफूलाई अलगथलग पार्ने छाउपडीको अभ्यास गर्ने दुई महिलामा केन्द्रितछ । ती दुई महिला गीता र देवीले आफ्नो पहिलो महिनावारीदेखि नै छाउपडी प्रथालाई पालना गर्दै आएका छन् र उनीहरूले छाउ प्रथाका बारेमा आफ्ना विचार व्यक्त गरेका छन्।
५. भुसको लोग्ने
सुन्दरे र मायाको विवाह १६ वर्षको उमेरमै हुन्छ । मायाको धेरै पटक गर्भपतन हुन्छ र उनका दुई सन्तान, एक छोरी र छोरा मात्र बाँच्छन्। हरेक दिन कडा परिश्रम गर्दै मायाले परिवार, घर र खेतीपातीको हेरचाह गर्दै जान्छिन्। धेरै वर्षदेखि सुन्दरेसँग खुसीका साथ बाँचिरहेकी मायाको जीवन त्यति बेला उथलपुथल हुन्छ जब सुन्दरेले दोस्रो श्रीमती लिएर आउँछ।

मायाले विश्वास गर्ने कोही बाँकी छैन, उनी निराश हुन्छिन् । माथी उल्लेखित भिडियोलगायत अन्य विभिन्न विषयवस्तुमा आधारित फिल्महरु प््रदर्शनमा आउने भएका छन् ।

सम्बन्धित

Comments are closed.