वेदकोटमा वेरोजगार विपन्न युवायुवतीहरुका लागी ७ दिने बाख्रा पालन तालिम सम्पन्न

महेन्द्रनगर । वेदकोटमा ७ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । बेरोजगार विपन्न युवायुवतीहरुलाई व्यावसायिक बाख्रापालन तालिमको आयोजना कार्तिक १ गतेदेखी ७ गतेसम्म आयोजना भएको थियो । ७ वटा सहकारीमा आवद्ध हुनु भएका ३० जना सदस्यहरुलाई तालिम प्रदान गरीएको थियो । उनिहरुलाई स्वरोजगार तर्फ उन्मुख गराउनका लागी तालिमको आयोजना गरीएको थियो ।

सुदुरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढी, कैलालीको आर्थिक सहयोग र बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्थाको आयोजनामा उक्त ७ दिने बाख्रा पालन तालिम संचालन गरीएको हो । प्रमुख आतिथी तथा वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीले यो ७ दिनमा सिकेका सिप ज्ञानलाई आफनो व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।

यो तालिमको लागी यो क्षेत्र उपयुक्त रहेको भन्दै। सबैले बाख्रा पालनबाट आफनो जिवीको पार्जन मात्रै होईन आर्थिक लाभ हुने गरी वयवसायीक रुपमा अगाढी बढने गरी काम गर्न र पालिकाले गर्ने साथ र सहयोगको लागी आफु तयार रहेको बताउनु भयो ।

यो प्रमाणपत्रलाई अधिक प्रयोग गर्ने लगेर सिरान मुनी नराखेर सिकेको कुरालाइ पनि एक बाख्राबाट कसरी धेरै बनाएर बढाउन सकिन्छ भन्ने तर्फ लागेर राम्रो खोर बनाएर व्यावसायीक रुपमा लागेर उन्नती गरेको देख्न पाउने आशा राखेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले बाख्रा पालन जस्तो सुकै मौसममा र घाँसपात हुने क्षेत्र हिमाल पहाड तराँइ जहाँ पनि गर्न सकिने भएकाले यो क्षेत्र अझै बाख्राका लागी उपयुक्त रहेको बताउनु भयो । यहाँ सिकेका विषयलाई अब वृहत रुपमा व्यावसायीक बाख्रा पालन गर्न मिल्ने ज्ञान पाउनु भएको छ र त्यसलाई अब आफनो व्यवहारमा गरेर देखाउने दिन आएको बताउनु भयो ।

बाख्रापालन किसानले गर्दै आइको व्यवसायलाई आवस्यक पर्ने केही प्राविधीक विषयको पनि जानकारी प्रदान गरीएको भएर पछि फेरी तालिमको आवस्यक्ता परे फेरी सहयोग गर्ने बताउनु भयो । वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मन्जु सिहले तालिम सफलता पूर्वक सम्पन्न भएको बताउनु भयो ।

साथै उहाँले सबै सहभागी सुदुरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढी, वेदकोट नगरपालिका र सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । सहभागी ईन्द्रा थापा गुरुङले यो तालिमबाट धेरै जानकारी पाएको र बढी प्राविधीक जानकारी पाएको बताउनु भयो ।

विगतदेखी बाख्रा पालन गरेको भएपनि यो तालिमबाट व्यावसायीक रुपमा कसर िबाख्रा पालन गर्ने भन्ने जानकारी पाएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.