महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी–३ का बासिन्दा हरिकिसन रानाको हत्या भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा उल्लेखनीय प्रगति हुन नसकेको भन्दै उनका आफन्त र गाउँलेहरु विरोध य्रालीको आयोजना गरेका छन् । शनिवार महेन्द्रनगर बजारमा दवाव मुलक य्रालीको आयोजना गरेका छन् ।
नेपाल राना थारु समाज केन्द्रिय कार्य समितीको आयोजना रहेको उक्त कार्यक्रममा विभिन्न अन्य महासंघ, समितिहरुका ऐक्यवद्धता रहेको थियो ।
उनिहरुले उक्त घटनामा सिआइबीले गरेको रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यारालाई कारवाही गरीनुपर्ने, लगायतको नारा लगाएर मदन चोकको भेटघाट चौतारीमा कोण सभामा परिणत भएको थियो ।
नेपाल राना थारु समाज केन्द्रिय कार्य समिती अध्यक्ष कमल रानाले न्याय पाउन पनि वर्षाै कुर्नुपर्ने, राना थारु भएकै कारण न्यान पाउनमा ढिलाई हुनु गलत भएको बताउनु भयो । उहाँले यो देशको नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार पाएको सिआईबीले छानविन गरेको रिपोर्ट सार्वजनिक गर्न पनिमाग राख्नु भयो ।
यो दवाव मुलक आन्दोलनलाई कमजोर नठान्न पनि आग्रह गर्नु भयो । आफुहरुले विगत एक वर्षदेखी न्याय खोजिरहेको भएपनि किटानी जाहेरी दिएको भएपनि न्याय नपाएर आन्दोलन मार्फत न्याय खोज्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।
यसैगरी, थारु कल्याणकारिणी सभा अध्यक्ष सोनु चौधरीले आफुलाई कमजोर नठान्न आग्रह गर्नु भयो । यो दवाव मुलक शान्ती रुपमा गरीएको आन्दोलनलाई कमजो ठानेर बसेमा न्यायका लागी आफुहरुले जस्तो सुकै पनि कदम चाल्न बाध्य हुने बताउनु भयो ।
स्वः हरकिसन रानाका १८ वर्षीय छोरा भुवन रानाले न्याय खोज्न भाँैतारिनु पर्ने अवस्था आएको बताउनु भयो । यही देशको नागरीक भएर पनि न्यायको लागी भौतारिनु निकै नै लज्जास्पद रहेको बताउनु भयो ।े अनुसन्धानलाई शीघ्र निष्कर्षमा पु¥याई न्याय दिलाउन आग्रह गर्नसभयो ।
यता, अनुसन्धानका लागि प्रहरी उपरीक्षक श्याम ओलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले हरिकिशन राना मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षक ओलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए।
प्रहरी उपरीक्षक ओलियाको नेतृत्वमा गठित छानबिन समितिमा प्रहरी निरीक्षक रावलसहित पाँच सदस्य रहेका छन्।
जिल्लाबाट घटनाको मिसिल, फाइल झिकाएर अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक ओलियाले बताए। २०८२ वैशाख ९ गते बिहान ४–५ बजेको समयमा राना बेलौरी नगरपालिका–१०, शिवनगर निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए।
राना मृत्यु प्रकरणको विगत एक वर्षदेखि विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइए पनि प्रहरी निष्कर्षमा भने पुग्न सकेको छैन् ।
घटनाको अनुसन्धानका लागि तीन दर्जन बढी स्थानीयसँग सोधपुछका साथै, मृतकको मोबाइल फोन, छिमेकी, आरोपित लगायतसँग अनुसन्धान गरिए पनि अझै रानाको हत्या गरिएको या आत्महत्या गरेको भन्ने विषय टुङ्गोमा लाग्न सकेको छैन् ।
गत वैशाख ९ गते बिहान हरिकिसन राना मोटरसाइकलमा भारतको कलकत्ता जाने भन्दै घरबाट निस्किएका थिए । तर केही घण्टामै उनी बेलौरी नगरपालिका–१० शिवनगरस्थित मसानघाट नजिक जलेको अवस्थामा मृत फेला परे । उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको थियो ।
प्रारम्भिक रूपमा दुर्घटना जस्तो देखिए पनि घटनाको प्रकृति शंकास्पद रहेको भन्दै परिवारले हत्या भएको दाबी गर्दै आएको छ ।
शरीर जलेको अवस्था र मोटरसाइकलको स्थितिले घटना रहस्यमय देखिएको उनीहरूको भनाइ छ । घटनापछि प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा तालिमप्राप्त कुकुरसहितको टोली खटिए पनि हालसम्म घटनाको यथार्थ कारण खुल्न सकेको छैन ।
यस निर्मम घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने दोषी पहिचान र कारबाहीको माग गर्दै प्रहरीमाथि दबाब बढ्दै गएको छ ।
Comments are closed.