महेन्द्रनगरमा वरिष्ठ ENT विशेषज्ञ डा. सुसन शाक्यद्वारा दैनिक विशेषज्ञ सेवा सुरु

कञ्चनपुरको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा अब वरिष्ठ ENT (नाक, कान तथा घाँटी) विशेषज्ञ डा. सुसन शाक्यद्वारा दैनिक विशेषज्ञ सेवा सुरु भएको छ।

अस्पतालले अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आधुनिक, सुरक्षित तथा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनाएको छ।
एमबीबीएस (KU) तथा एमएस ENT & Head & Neck Surgery (KU) अध्ययन पूरा गरेका डा. शाक्य यसअघि Lumbini Medical College मा कार्यरत रहिसक्नुभएको अनुभवी ENT विशेषज्ञ हुनुहुन्छ। ;=

उहाँद्वारा कान, नाक तथा घाँटी सम्बन्धी विभिन्न रोगहरूको विशेषज्ञ उपचार सेवा प्रदान गरिनेछ।
उहाँले कान दुख्ने, कानबाट पानी आउने, सुन्नाइ कम हुने, नाक बन्द हुने, एलर्जी, साइनुसाइटिस, घाँटी दुख्ने, टन्सिल समस्या, आवाज सम्बन्धी समस्या लगायत Head & Neck Surgery सम्बन्धी उपचार सेवा प्रदान गर्नेछन्।
साथै अस्पतालमा आधुनिक प्रविधिबाट:
* Microscopic Surgery
* NPL (Naso-Pharyngo-Laryngoscopy)
* PTA (Pure Tone Audiometry)
लगायतका विशेषज्ञ सेवाहरू पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार बिरामीहरूले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विशेषज्ञ परामर्श सेवा लिन सक्नेछन्।

साथै मन्त्र अस्पतालमा २४सै घण्टा आधुनिक ICU तथा आकस्मिक सेवा पनि सञ्चालनमा रहेको छ।
स्वास्थ्य क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले विशेषज्ञ सेवा विस्तारसँगै सुदूरपश्चिमका बिरामीहरूलाई सहज, प्रभावकारी तथा गुणस्तरीय उपचार उपलब्ध गराउने विश्वास लिएको जनाएको छ।

सम्बन्धित

Comments are closed.