महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ मा वडा स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनलको आर्थिक सहयोग र पेसवानको आयोजनामा वडा स्तरीय बाल भेला सम्पन्न भएको हो ।

वडाका बालबालिकाको चौतर्फी विकास, बालबालिकाले स्वःस्फूर्त निर्णय लिन सक्ने उनिहरुले विभिन्न माग हरु तयार गरेर एक कार्यपत्र वडालाई पेश गरेका छन् । बालबालिकाको आवाजलाई स्थानीय सरकारको योजना तथा निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो ।
बालबालिकाको नेतृत्व क्षमता विकास गर्दै उनीहरूलाई सामाजिक तथा विकासका मुद्दामा सचेत र जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।
भीमदत्त नग।पालिकिा १३ की कार्यवाहक अध्यक्ष बालादेवी नाथले कार्यपत्रमा उल्लेख भएका मागहरलाइ वडाले सम्बोधन गर्ने बताउनु भयो । साथे उहाँले आउने आर्थिक वर्षमा वालवालिकाहरुको शिर्षकमा आउने बजेट पनि विनियोजन गरिने प्रतिवद्धता जाहेर गर्नुभयो ।
भीमदत्त नगरपालिका १३ को सभाहलमा आयोजित कार्यक्रममा वडामा रहेका २ वटा किशोरी संजालबाट ३० जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
बाल भेलाको मुख्य उद्देश्य स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गर्नुका साथै भेलाबाट आएका बालमैत्री योजना तथा कार्यक्रमलाई स्थानीय सरकारसम्म हस्तान्तरण गरी नीति तथा कार्यक्रममै समावेश गराउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बाल अधिकार, नेतृत्व विकास, निर्णय प्रक्रियामा सहभागिता, बालमैत्री शासन, सामाजिक उत्तरदायित्व लगायत विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
महाकाली किशोरी समुहका अध्यक्ष पायल सुनारले आफुहरुले वृहत छलफल गरेर कार्यपत्र निर्माण गरेको बताउनु भयो ।
उक्त कार्यपत्रमा उल्लेख भएका मागहरुलाई वडाले सम्बोधन गर्नेमा आफुहरु विश्वस्त रहेको पनि जानकारी गराउनु भयो । बालबालिकाले आफ्ना समस्या, आवश्यकता र सुझाव प्रत्यक्ष रूपमा स्थानीय तहसमक्ष प्रस्तुत गर्ने अवसर पाएका छन् ।
Comments are closed.