महेन्द्रनगर । कञ्चनपुरमा जापान कराते डो कोशिकाई सितोरियो संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा ३ दिने प्रथम राष्ट्रिय रेफ्री सेमिनारको सुरुवात भएको छ । कराँते खेलको स्तर अभिवृद्धि गर्ने तथा दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेमिनारमा २० जना सहभागीलाई प्रशिक्षक, खेलाडी तथा रेफ्रीहरूले कराते खेलका नियम, निर्णायकको भूमिका, प्रतियोगिता सञ्चालन प्रक्रिया तथा अन्तर्राष्ट्रिय मापदण्ड सम्बन्धी प्रशिक्षण लिने भएका छन् । कार्यक्रममा अनुभवी प्रशिक्षकहरूले व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्ने आयोजकको भनाई रहेको छ ।
कराते खेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन दक्ष जनशक्ति उत्पादन गर्न आवस्यक रहेको भएर यो सेमिनारको आयोजना गरीएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल का केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।
खेल क्षेत्रको विकासका लागि यस्ता तालिम तथा सेमिनार आवश्यक रहेको बताएका थिए । उनीहरूले यो तिनदिनको सेमिानार पश्चात राष्टिय रेफ्रीको उपाधी पाउने गरी यो सेमिनारको आयोजना गरीएको उहाँले जानकारी गराउनु भयो ।
यो संघले हरेक वर्ष राष्टिय तथा अन्तराष्टिय स्तरका रेफ्रीहरु उत्पादन गर्ने उदेश्यको साथमा काम गर्ने योजना रहेको उहाँको भनाई रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले यो संघले अन्तराष्टिय स्तरमा पनि देशको नाम राख्न सफल ईतिहास रच्न सफल भएको भएर यसबाट थप उर्जावान रेफ्रीहरु पनि उत्पादन हुनु गौरवको विषय रहेको बताउनु भयो ।
पछिल्लो समयमा लागुऔषधमा लागेर कतिपय युवाहरु फसेको अवस्थामा खेलकुदले त्यो क्षेत्रमा नजाने कुलतमा फस्न नदिने अहम भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
साथै यो संघको खेलाडीहरुको चौतर्फी विकासका लागी पालिकाले गर्ने साथ र सहयोगमा सदैव अगाढी रहने प्रतिवद्धता जाहरे गर्नु भयो ।
यसैगरी, जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले यो संघले अन्य संघ भन्दा बढी खेलकुदका कार्यक्रमहरु संचालन गर्ने र अन्तराष्टिय स्तरमा पनि राम्रो प्रदर्शन गरेको बताउनु भयो ।
खेलकुदको माध्यमबाट युवा बालबालिकाहरुले आफनो भविष्य निर्माण गर्ने भएकाले यसको विकास र साथ सहयोगमा समिती तयार रहेको बताउनु भयो ।
Comments are closed.