मेधावी सेकेन्डरी विद्यालयको शैक्षिक भ्रमण सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाँसीमा रहेको मेधावी सेकेन्डरी विद्यालय ले आफ्ना विद्यार्थीहरुलाई शैक्षिक भ्रमण अन्तर्गत नेपाल टेलिकममा अवलोकन भ्रमण गराएको छ ।

विद्यालयले विद्यार्थीहरुलाई प्रविधि, सञ्चार सेवा र दूरसञ्चार प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले भ्रमण कार्यक्रम आयोजना गरेको जनाएको छ ।

भ्रमणका क्रममा विद्यार्थीहरुले नेपाल टेलिकमले प्रदान गर्दै आएको टेलिफोन, इन्टरनेट तथा अन्य डिजिटल सेवाबारे जानकारी लिएको विद्यालयका विज्ञान शिक्षक शिवम बस्नेतले जानकारी दिनुभयो ।

नेपाल टेलिकमका कर्मचारीहरुले दूरसञ्चार सेवा सञ्चालन प्रक्रिया, प्रविधिको प्रयोग तथा आधुनिक सञ्चार प्रणालीबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रत्यक्ष रूपमा प्राविधिक पक्ष बुझ्न पाउँदा निकै उत्साहित भएको बताएका छन् ।

विद्यालय प्रशासनका अनुसार यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरुको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै भविष्यमा प्रविधि तथा सञ्चार क्षेत्रप्रति रुचि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित

Comments are closed.