महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामस्थित अरुणीमा विद्या मन्दिरमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित शिविरमा स्थानीय बासिन्दा, अभिभावक तथा विद्यार्थीहरुले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए ।

गणतन्त्र दिवस २०८३ तथा पाठ्यपुस्तक रहित शुक्रवारको अवसरमा उक्त एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोृजना गरीएको हो ।मन्त्र अस्पताल र महाकाली प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा शिविरमा विशेषज्ञ चिकित्सकद्वारा सामान्य स्वास्थ्य परीक्षण, नाक, कान घाँटी, आँखा तथा अन्य स्वास्थ्य समस्याको परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल दिपेन्द्र प्रशाद भट्टले जानकारी दिनुभयो ।

गणतन्त्र दिवस २०८३ तथा पाठ्यपुस्तक रहित शुक्रवारको अवसरमा विद्यार्थीहरु र अभिभावकहरुको पनि स्वास्थ्य चेकजाँच गरीएको उहाँले बताउनु भयो ।
बालबलिकाहरुलाई के कस्तो स्वास्थ्य समस्याहरु देखा परेका छन भन्ने जानकारी अभिभावकहरुलाई पनि कमै हुने भएकाले यो स्वास्थ्य शिविरले उनिहरुको स्वास्थ्यमा देखिएका समस्याहरुको पनि जानकारी हुने र उपचार गर्न सहज हुने बताउनु भयो ।
विद्यार्थीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको उहाँको भनाई रहेको छ ।
मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले अहिले गर्मीको समय भएकाले अहिले बालबालिकाहरुमा टाउको दुख्ने, खान मन नलाग्ने, रिङगटा लाग्ने जस्ता समस्याहरु देखा परेको बताउनु भयो ।
साथै, महाकाली अस्पतालका नाक, कान घाँटी रोग विषेशज्ञ डा. प्रशान्त भट्टले बालबालिकाहरुमा कानमा फोहरहरु भरिएको नाकमा एलर्जी भएका बालबालिकाहरु रहेको बताउनु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समाजसेवीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले यस्ता स्वास्थ्य शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना फैलाउन सहयोग पुगेको बताएका छन् ।
Comments are closed.