महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा विश्व धुम्रपान रहित दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा “नशामुक्त समाज निर्माणमा हाम्रो भूमिका” विषयक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

हेल्प नेपाल कञ्चनपुरको आयोजना र वेदकोट नगरपालिकाको सहयोगमा संचालित उक्त उक्त कार्यक्रमको सभाध्यक्षमा हेल्प नेपालका अध्यक्ष मदन चन्द रहनुुभएको थियो भने, प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, बिशिष्ट अतिथीमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी रहनुभएको थियो ।

कार्यक्रममा सामाजिक अभियन्ताहरु, युवा संजालका सदस्यहरु पत्रकारहरुको उपश्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी बोहराले विशेषगरी युवापुस्तालाई धुम्रपान, मदिरा तथा अन्य लागूपदार्थको कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
सुरुवात आफुबाट गर्न र आफु र आफनो साथीलाई म कुलतमा फस्न दिन्न प्रयोग गर्दैन भनेर प्रणका साथमा लाग्ने हो भने एकदिन कुलतबाट सबैजना बच्न सक्ने बताउनु भयो ।
यसका लागी पालिकाले विभनन संघसंस्था , जिल्ला प्रहरी कार्यलाय संगको सहकार्यमा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको पनि जानकारी दिनु भयो ।
कार्यक्रमका सभाध्यक्ष चन्दले आफु विगत २५ वर्षदेखी यो क्षेत्रमा लागेको बताउँदै सुरुवात आफै बाट गर्न सकेको खण्डमा निकै सुधार हुने बताउनु भयो ।
धुम्रपान तथा लागूपदार्थ दुव्र्यसनका कारण समाजमा बढ्दै गएको नकारात्मक प्रभावबारे चर्चा गर्दै नशामुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनु भयो ।
साथै, जनचेतनामूलक अभियानलाई गाउँ–टोल स्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण हुने स्वास्थ्य समस्या, आर्थिक भार र सामाजिक असरबारे जानकारी गराइएको थियो ।
सहभागीहरूले स्वस्थ, सभ्य र समृद्ध समाज निर्माणका लागि नशामुक्त अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विश्व धुम्रपान रहित दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले धुम्रपान तथा लागूपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।
Comments are closed.