महेन्द्रनगर। कञ्चनपुरमा रहेको सामाजिक संस्था स्विट नेपालले बचत तथा लेखा सम्बन्धी २ दिने तालिमको आयोजना गरेको छ । स्विट नेपालको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा केएनएच को आर्थिक सहयोग रहेको छ ।महिला शसक्तिकरण तथा बालअधिकार संरक्षण परियोजना अन्तरगत ४० जना महिलाहरुलाई उक्त २ दिने तालिमको आयोजना गरीएको हो । स्विट नेपालको आयोजना रहेको उक्त कार्यक्रममा केएनएचको आर्थिक सहयोग रहेको छ ।

महिलाहरूको आर्थिक सशक्तीकरण, वित्तीय साक्षरता अभिवृद्धि तथा बचत व्यवस्थापन सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको स्विट नेपालका अध्यक्ष अमिर तिरुवाले जानकारी दिनुभयो । यो परियोजनाले वेदकोट नगरपालिकामा रहेका परियोजना संचालन भएका वडामा रहेका महिलाहरुलाइृ आथिृक रुपमा, साँस्कृतिक रुपमा आमा र बालबालिकाहरुलाइ पनि शसक्तीकरण बनाउने उदेस्य रहेको बताउनु भयो ।

महिलाहरु संगै बालबालिकाहरुको पनि सर्वाङगीण विकास गराउनका साथे दैनिक रुपमा बचत गरेका रकमको हिशाव सिकाउन यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
तालिममा सहभागी महिलाहरूलाई बचतको महत्व, आय–व्यय व्यवस्थापन, लेखा अभिलेख राख्ने तरिका तथा समूहको वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिने संस्थाका प्रोगाम म्यानेजर अमित सुनारले बताउनु भयो ।
वेदकोट नगरपालिकाको वडा नम्वर १ देखी ५ र १० नव्र गरी ६ वटा वडामा ६० वटा समुहको निर्माण गरी ६ सय ९१ म्हिलाहरु संग परियोजनाले काम गरीरहेको बताउनु भयो ।
तालिमबाट सहभागी महिलाहरूले आफ्नो आर्थिक गतिविधिलाई व्यवस्थित गर्न तथा उद्यमशीलतामा थप प्रेरणा प्राप्त गर्ने विश्वास लिइएको उहाँले जानकारी गराउनु भयो ।
तालिममा सहभागी महिलाहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै व्यक्तिगत तथा सामूहिक बचत प्रवद्र्धनमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोजकले यस्ता कार्यक्रमले महिलाको आर्थिक आत्मनिर्भरता बढाउन तथा समुदायस्तरमा वित्तीय व्यवस्थापनको संस्कृति विकास गर्न सहयोग पुग्ने जनाएको छ ।
Comments are closed.