महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले तीन महिने निःशुल्क ब्युटिसियन तालिम सञ्चालन गरिएको छ ।
“निःशुल्क सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर र भीमदत्त नगरपालिका–११ को सहकार्यमा आयोजना गरिएको हो ।
तालिममार्फत महिलाहरूलाई ब्युटिसियन सम्बन्धी व्यावसायिक ज्ञान, सीप तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । तालिमले सहभागी महिलाहरूलाई स्वरोजगार बन्न तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।
स्थानीय तह र तालिम केन्द्रको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पु¥याउनुका साथै सीपमूलक शिक्षामार्फत रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।
शिप विकासको तर्फबाट प्रशिक्षक अमृता भट्टले व्युटीपार्लरमा आवस्यक पर्ने विभिन्न सिपहरु सिकाइ रहेको बताउनु भयो । २ महिना समाप्त भएको र अहिले कपाल काट्ने, हाइलाईट गर्ने, मेडिकेएर, पेडिकेएर, मेहेन्दी लगाउने सबै कामहरु सिकाइ भइरहेको बताउनु भयो ।
उहाँहरुलाई आफै सबै काम गर्नसक्ने बनाएर मात्रै आफुले तालिम समापन गर्ने प्रशिक्षक भट्टले बताउनु भयो । सहभागी जमुनादेवी सुनारले यो दुइ महिनामा आफुहरुले विभिन्न सिपहरु सिकेको बताउनु भयो ।
घरमा बसेर समय खर्च गरीरहेका महिलाहरुले अहिले सिप सिकेर आत्म निर्भर बन्ने समम भएको र केही महिलाहरु पसल खोल्ने सम्मको पनि भएको बताउनु भयो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, तालिम केन्द्रका प्रतिनिधि तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार तालिम अवधिभर सहभागीलाई आवश्यक व्यावहारिक अभ्याससहित गुणस्तरीय प्रशिक्षण प्रदान गरिनेछ ।
Comments are closed.